जनकपुरः बसले ठक्कर दिएपछि एक बालकको मृत्यू
साइकलमा सवार बालकलाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएका उनलाई उपचारको लागि जनकपुर ल्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते विशालको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो। बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।

२०७९ भदौ २ बिहीबार, दिउँसो ४:४६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रस्थित एक बालकलाई बसले ठक्कर दिएपछि मृत्यू भएको छ ।
बिहिबार दिउँसो मधेश प्रदेशको धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिझस्थित यात्रुवाहक बसले ठक्कर दिँदा साईकलमा सवार एक बालकको मृत्यू भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीका अनुसार दिउँसो सो दुर्घटनामा परी स्थानीय अन्दाजी बर्ष १३ को बिशाल दासको मृत्यू भएको हो ।
जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका वडा नम्बर २ नक्टाझिज स्थित रहेको हजराचौकमा सो दुर्घटना भएको हो ।
जनकपुरबाट नेपालगन्जको लागि जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बिशालको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।
साइकलमा सवार बालकलाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएका उनलाई उपचारको लागि जनकपुर ल्याइएको थियो ।
दुर्घटनामा गम्भीर घाइते विशालको उपचारको क्रममा जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…