नागरिकता विद्येयक फिर्ता भएपछि मधेशमा जताततै जलाइदैछ राष्ट्रपतिको पुतला
विरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, युवा नेता जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।

२०७९ साउन ३१ मंगलबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरि फिर्ता पठाएपछि मधेशमा आन्दोलन तथा विरोध शुरु भएको छ ।
राष्ट्रपति भण्डारीले विधेयकमाथि थप छलफलको खाँचो रहेको भन्दै विधेयक फिर्ता गरेकी थिइन् ।
जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को अथक प्रयास पछि नागरिकता विधेयक प्रतिनिधिसभा र प्रदेश सभावाट पारित भइ राष्ट्रपति समक्ष प्रमाणीकरणकालागि पठाइएको थियो ।
प्रमाणीकरण गर्नकालागि १५ दिनको समयसीमा हुन्छ तर १३ दिनमानै राष्ट्रपतिले सो विधेयक पिर्ता गरेपछि मधेशमा आन्दोलनको विगुल फुकिएको छ ।
राष्ट्रपति भण्डारी नेकपा एमालेको कार्यकर्ता रहेको भन्दै जसपा र लोसपाका नेताहरुले मधेशका विभिन्न जिल्लाहरुमा विरोध सहित पुतला दहन सम्मको कार्यक्रम सम्पन्न गरेको छ ।
जनकपुरधाममा सोमबार जसपा र लोसपा दुवै दलका नेता कार्यकर्ताहरु राष्ट्रपति भण्डारीको पुतला दहन गरेका छन् भने मधेशका अन्य जिल्लाहरुमा समेत विरोध गरिएको छ ।
हुनत नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एसले पनि विभिन्न माध्ययमवाट विरोध जनाएका छन् तर, जसपा र लोसपा सडकमा ओर्लेको छ ।
राष्ट्रपतिले लाखौं मधेशी जनतालाई आफ्नै मुलुकमा गैर नागरिक सरह बस्न बाध्य तुल्याएको र उनीहरुलाई नागरिकता दिनवाट बञ्चित गरेको उनीहरुको आरोप छ ।
विरोध प्रदर्शनमा जसपाका केन्द्रीय सदस्य तथा जनकपुरधाम उप–महानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह, नगर अध्यक्ष विष्णुदेव साह, युवा नेता जितेन्द्र यादव, नविन यादव लगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए ।
आइतवार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरि पुनः प्रतिनिधिसभामा फिर्ता पठाएपछि मधेशका चौतर्फी विरोध हुन थालेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…