प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने
न्यूज ब्यूरो, काठमाडौँ ।आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र, मतपेटिका, छेकबारालगायतका निर्वाचन सामग्री स्थानीय चुनावभन्दा चार गुणा बढ्ने हुँदा निर्वाचन खर्चमा समेत उल्लेख्य वृद्धि हुनेछ। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार रुपिय

२०७९ साउन ३१ मंगलबार, बिहान ६:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ ।आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मतपत्र, मतपेटिका, छेकबारालगायतका निर्वाचन सामग्री स्थानीय चुनावभन्दा चार गुणा बढ्ने हुँदा निर्वाचन खर्चमा समेत उल्लेख्य वृद्धि हुनेछ।
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार रुपियाँ खर्च भएको थियो। आयोगले १० अर्ब रुपियाँ बजेट माग गरेकोमा स्थानीय चुनावका लागि सरकारले आठ अर्ब ११ करोड रुपियाँ सुनिश्चित गरेको थियो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र चार दोब्बर बढी छाप्नुपर्ने बताउनुभयो। स्थानीय निर्वाचनमा करिब दुई करोड मतपत्र छापिएको थियो। स्थानीय चुनावमा मतपत्र छाप्न करिब २८ करोड रुपियाँ खर्च भयो। उक्त चुनावमा एउटै कागजमा मतपत्र प्रयोग भएको थियो। उनले भने, “मतपत्रको सङ्ख्या वृद्धि भएपछि कागज, मसी, ढुवानी खर्च स्वभाविक रूपले बढ्नेछ।”
प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभा सदस्यतर्फ दुई गरी चार प्रकारको मतपत्र आठ करोड थान छापिने उनले बताए।
प्रतिनिधि सभा सदस्यतर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष र समानुपातिक गरी चार प्रकारको आठ करोड मतपत्र छापिने छन्। यो समाचार गोरखापत्र दैनिकमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…