नागरिकता विधेयक फिर्ता गरेकोमा जनमत पार्टीदारा सिरहामा राष्ट्रपतिविरुद्ध प्रदर्शन
न्यूज ब्यूरो, सिरहा। नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सिरहाको गोलबजारमा जनमत पार्टीद्वारा प्रदर्शन गरिएको छ । राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् हजारौँको सङ्ख्य

२०७९ साउन ३० सोमबार, बेलुकी ७:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सिरहाको गोलबजारमा जनमत पार्टीद्वारा प्रदर्शन गरिएको छ ।
राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् हजारौँको सङ्ख्यामा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरूले राष्ट्रपति भण्डारीविरुद्ध राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनका कारण केहीबेर राजमार्ग नै अवरुद्ध बनेको थियो ।
प्रदर्शनको क्रममा नागरिकता पीडितहरूको सहभागिता रहेको थियो । उनीहरूले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरूले टायरमा आगो बालेर र सवारी साधन समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।
राष्ट्रपति भण्डारीले आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने षड्यन्त्रमा लागेको जनमत पार्टीको आरोप छ ।
गत साउन ६ गते संघीय संसद्बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो ।
संघीय सांसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…