श्रीमती र सासुलाई मट्टीतेल छर्केर आगो लगाउने एक जना पक्राउ
न्यूज ब्यूरो, जनकपुरधाम | श्रीमती र सासुलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेको एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। घरायसी विवाद हुँदा सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जना

२०७९ साउन २६ बिहीबार, राति ८:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम | श्रीमती र सासुलाई मट्टीतेल छर्केर आगो लगाएर फरार रहेको एक जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
घरायसी विवाद हुँदा सुतिरहेकी श्रीमती र सासुको शरीरमा मट्टितेल छर्केर आगो लगाएर बाहिरबाट ढोका बन्द गरी फरार भएका शंकर सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
महोत्तरी प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार ससुरालीमा बस्दै आएका सदा गत साउन २१ गते राति शंकरले ३५ वर्षीया श्रीमती प्रमिला देवी र ६५ वर्षीया सासु रेशमा देवीको शरीरमा मट्टीतेल छर्केर आगो लगाएका थिए।
सदालाई नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी–कन्हवाबाट पक्राउ गरिएको हो।
महोत्तरीको औरही नगरपालिका ८ टिमकिया घर भएका शंकर सदा हाल भंगहा नगरपालिका ९ कंचन वन सखुवास्थित आफ्नो ससुरालीमा विगत १ वर्षदेखि बस्दै आएको थिए।
श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकमा शंकरले पटक–पटक झगडा गर्ने गरेका थिए। २१ साउनको राति सोही विषयमा झगडा हुँदा शंकरले दुबैको शरीरमा मट्टी तेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ।
आगो लागेर घाइते भएका दुवैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएको थियो। जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको थियो। अहिले उनीहरूको काठमाडौमा उपचार भैरहेको प्रहरीले जनाए। आगोले रेसमादेवी सदाको पिठ्यु, पाखुरा र बायाँ खुट्टा जलेको छ। प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…