
न्यूज ब्यूरो, जनकपुरधाम । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दलित बस्तीमा बुधबार आगलागी हुँदा लाखौँ रुपियाँ बराबरको क्षति भएको छ ।
डाक्नेश्वरी नगरपालिका–३ स्थित दलित बस्तीमा भएको आगलागीमा ११ परिवारको घर जलेर नष्ट भएको नगर उपप्रमुख मीरा यादवले जानकारी दिए ।
आगलागीबाट गुलदेव सदा, वासुदेव सदा, कैलु सदा, रामसुन्दर सदा, भिखारी सदा, नेहारी सदा, गौतम सदा, सोनी सदा, चन्दन सदा, श्रवण सदा र श्याम सदाको घर जलेर नष्ट भएको नगर उपप्रमुख यादवले बताइन ।
आगलागीबाट घर, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, फर्निचर र पशु चौपायासहित लाखौँको धनमाल जलेर नष्ट भएको पीडित बताउछन् ।
डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख यादवले बुधबार आगलागी पीडितसँग भेटघाट गरी नगरपालिकाले तत्काल राहतको व्यवस्था मिलाउने बताए।
सर्लाहीमा जनमत पार्टीप्रति झुकाव बढदै , १२ हजार बढी सदस्यता वितरण
- २०७९ श्रावण २६ बिहीबार
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको बलरा नगरपालिका जनमत पार्टीको केन्द्रिय अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । बलरा नगरपालिका वडा नं. १ मिर्जा हथिऔलमा सम्पन्न भएको पार्टी प्रवेश कार्यक्रममा
पूरा पढ्नुहोस्