मोहरमको नाममा सार्वजनिक सवारीमा तोडफोड, विरोध गरेपछि पसलबाट समान नकिन्ने धम्की !

२०७९ श्रावण २५ बुधबार
बिहान ०९:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, राजविराज । मुस्लिम समुदायहरुले मनाउने मोहरम पर्वको नाममा उच्छृँगल कार्य गरेपछि चौतर्फी आलोचना भएको छ । 

सोमबार मुस्लिम समुदायहरुले मनाउने मोहरम पर्वको अवसरमा निकालिएको ताजिया खेल्ने क्रममा सार्वजनिक सवारी साधनमा तोडफोड गरिएको छ । 

ताजिया खेल्न घरेलु हातहतियारसहित निस्केका केही युवकहरुले सार्वजनिक यातायातमा तोडफोड गरेका छन् । 

मुस्लिम धर्मावलम्बीहरुले मनाउँदै आएको मोहरमको अवसरमा ताजिया खेल्ने परम्परा रहिआएको छ । सोही क्रममा केही उच्छृँगल युवकहरुले सवारी साधनमा तोडफोड गरिदिएको हो । 

सोमबार राजविराजदेखि काठमान्डौँको लागि निस्कन तयारी अवस्थामा रहेको रात्रिबस सेवामा युवकहरुले तोडफोड गरेका छन् । 

राजविराजबाट साँझ करिब ६ बजेको समयमा काठमन्डौँको लागि रबाना भएको भैरवी डिलक्स नामक रात्री यात्रुवाहक बसमा ताजिया खेल्ने युवकहरुले तोडफोड गरिदिएको हो । 

घरेलु हातहतियारसहित प्रदर्शन गर्दै सो मध्येका केही जना युवकहरुले बसमा तोडफोड गरिदिएपछि चौतर्फी आलोचना भएको छ । 

पर्वको नाममा उदण्डता प्रदर्शन गरेको भन्दै समाजिक सँजालमा सो कार्यको विरोध गरिएको छ । उनीहरुको उच्छृँगल गतिविधिलाई मुस्लिम समुदायकै युवकहरुले विरोध जनाएका छन् । 

केही जनाले गरेको उच्छृँगल प्रदर्शनको विरोध गर्दै मुस्लिम समुदायकै कलिम खान नामक व्यक्तिले विरोध जनाएका छन् । उनले समाजिक सँजाल मार्फत त्यस्तो कार्यको विरोध जनाएका हुन् । 

उनले फेसबुकमा लेखेका छन्ः 

मोहर्रम को यो उदंडता संग इस्लाम को कोई सम्बंध छैन

कोई गरीब निसहाये को नुक़सान गर्ने बाटो अवरोध गर्ने ठुलो स्वर मा कान नै फटने गरी ढोल बाजा बजाऊने जस्को कारण ले आम जनता लाई असुविधा हुने जस्ता काम काम गर्नेहरु पक्कै मुस्लिम होईनन मुस्लिम भयेको भए इस्लाम को शिक्षा हुनु पर्ने थियो इस्लाम ले अरु कोई लाई नुक़सान पूर्याउनु कार्य बाट रोकियेको छ बाटो अवरोध गर्न पनी रोकेको छ इन हरु गोटी बाला हरु हूँ इन हरु लाई इस्लाम को बारे मा केही जानकारी नै छैन ई सब सड़क छाप केटा हरु हुन

धर्मको नाऊमा बितण्डना मचाउन चाहेका छन्, यस्ता उदंड हरु लाई कानूनको दायरामा ल्याएर कडा भन्दा कड़ा सजाय हुनुपर्छ | सम्बंधित निकाय संग विनम्र अनुरोध छ! ????

यो जाड़िया हरुको कारण ले इस्लाम बदनाम हुनछ

यता, उनले आफ्नै समुदायको विरोधमा बोलेपछि उनको पसलबाट कुनै पनि समान खरिद नगर्ने धम्की पनि पाएका छन् । समाजिक सँजालमै मुस्लिम समुदायका एक युवकले उनको पसलबाट समान खरिद नगर्ने धम्की दिएका छन् । 

उनले आफू पनि खरिद नगर्ने र अरुलाई पनि उनको पसलहरुबाट कुनै पनि सरसमान खरिद नगर्न समाजिक सँजाल मार्फत आग्रह गरेको देखिएको छ । उनले फेसबुकमा लेखेका छन्ः

कोइ वयक्ती ले गलत गर्यो भनें उसमाथि कर्भाई होस्..!! तर

सामाजिक सञ्जाल समुदायलाई गाली गोलोछ गर्नू यो गलत हो, गाली दिएर सम्झाउनु इस्लामधर्मले सिखाउँदै ।

मुस्लिम समुदायलाई गाली गालोच र अपमानित भाषा प्रयोग गर्ने यो kalim khan मुस्लिम समुदाय वटा माफी न मंगे सम्म Khan electonic,khan kitchen, Baja showroom वटा मुस्लिम समुदाय केहि पनि खरिद न गर्न र न गराउन अनुरोध गर्दछु ।

  • 8%
  • 8%
  • 8%
  • 8%
  • 8%
  • 54%

NIC ASIA बैँकको ग्राहक खाताबाट डेढ लाख रुपैयाँ गायब

  • २०७९ श्रावण २५ बुधबार

न्यूज ब्यूरो, रौतहट । एनआईसी एशिया बैंकमा खाताधारीहरुको रकम असुरक्षित देखिएको छ । एनआईसी एशिया बैंक गौर शाखाबाट एक जना खाताधारीको १ लाख ४९ हजार रुपैयाँ गायब भएपछि बैंकमा पनि जम्मा

पूरा पढ्नुहोस्

Bureau Menus

} }