विद्यालय व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा कुटपिट, प्रहरीले छाडे आरोपि 

कुटपिटपछि घाईते भएका ईन्द्रजीत जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचाररत रहेका छन् ।

२०७९ श्रावण २३ सोमबार
बेलुकी ५:१९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । 

सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । 

एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै छिमेकी ५० बर्षिय बिन्देश्वर सहनी, उनका छोरा श्रवण सहनी, सरोज सहनी र सोलिन्दर सहनी लगायतले ईन्द्रजीतलाई निर्घात कुटपिट गरेको हो । 

नेकपा माओवादी केन्द्रसँग आस्था राख्ने बिन्देश्वरका परिवारले पार्टीगत हिसाबले ईन्द्रजीतमाथि आक्रमण गरेको बताईएको छ । ३२ बर्षिय ईन्द्रजीत सहनी विद्यालय व्यवस्थापन समिति चुनावी प्रक्रियामा गएपछि घर फर्किदै गर्दा उनलाई स्थानीय पुरुषोत्तम र रजिन्द्रको घरको बीचमा घेरा हालेर कुटपिट गरेको आरोप लगाइएको छ । 

विद्यालय व्यवस्थापन समिति गठनको लागि बोलाइएको अभिभावक भेलामा इन्द्रजीतका भाई भनिने ईन्दल सहनी र बिन्देश्वर सहनीका छोरा सुलिन्दर सहनीसँग समान्य धक्कामुक्की भएको थियो । 

त्यतिबेला प्रहरीले दुवै जनालाई सम्झाई बुझाई गरी घर पठाएको थियो । अभिभावक भेलाबाट समितिको लागि चुनावी प्रक्रिया गएपछि उनी घर फर्किदै गर्दा पुनः घेरा हालेर सबै जना मिली कुटपिट गरेको आरोप लगाएका छन् । 

कुटपिटपछि घाईते भएका ईन्द्रजीत जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचाररत रहेका छन् । उनको उपचार अस्पतालमा जारी रहेको छ । 

यता, ईलाका प्रहरी कार्यालय सबैलाले आरोपित श्रवण सहनीलाई पक्राउ गरी केही बेरमा छाडिदिएका छन् । पीडित पक्ष अस्पतालमा उपचाररत रहँदा नै प्रहरीले राजनीतिक दबाबमा श्रवणलाई छाडिदिएको आरोप लगाएका छन् । 
 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ श्रावण २३ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus