कोरोना बढन थालेपछि सिडिओ अफिस धनुषामा पुनः आलोपालो सिस्टम, तपाईको पालो कहिले ?
यस्तै, बुधबार र बिहिबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, विदेह नगरपालिका, बटेश्वर गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १ देखि २५ नम्बर वडासम्मको सेवाग्राहीले मात्र सेवा पाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।

२०७९ साउन २३ सोमबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाईरसको सँक्रमण पुनः बढन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मा आलोपालो सिस्टम लगाइएको छ ।
कोरोना संक्रमणको अवस्थालाई दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आलोपालो सिस्टममा सेवा प्रवाह गर्ने भएको छ । कोरोना सँक्रमण नियन्त्रणपछि नियमित भएको सिडिओ कार्यालयमा पुनः आलोपालो सिस्टम लगाइएको हो ।
कोरोना संक्रमणको प्रभावकारी रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाबाट नियमित सेवाहरु सामाजिक दूरी कायम गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेका मापदण्डहरु अपनाई स्वास्थ्य मापदण्डको पालना गर्दै सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको हो ।
सोमबार (आज) देखि लागू हुने गरी प्रत्येक आईतबार र सोमबार दुई दिन शहिदनगर नगरपालिका, नगराईन नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, मिथिलाबिहारी नगरपालिका, लक्ष्मीनियाँ गाउँपालिका र धनौजी गाउँपालिकाको सेवाग्राहीले सेवा पाउने भएको छ ।

प्रत्येक मँगलबार र बुधबार मिथिला नगरपालिका, सबैला नगरपालिका, हँसपुर नगरपालिका, धनुषाधाम नगरपालिका, कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिकाका सेवाग्राहीले मात्र सेवा पाउने भएको छ ।
यस्तै, बुधबार र बिहिबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, औरही गाउँपालिका, क्षीरेश्वरनाथ नगरपालिका, विदेह नगरपालिका, बटेश्वर गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिकाको १ देखि २५ नम्बर वडासम्मको सेवाग्राहीले मात्र सेवा पाउने जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको सूचनामा उल्लेख छ ।
तोकिएको सो दिनहरुमा सक्कल नागरिकता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र वितरण हुने जनाइएको छ ।
अत्यावश्क सेवा र मुद्धा जस्तो कार्यहरु नियमित नै रहने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । यसअघि कोरोनाको कारण कैयौँ पटक आलोपालो सिस्टम अपनाइएको थियो ।
कार्यालयमा हुने भीडभाड कम गर्नको लागि प्रशासनले यस्तो कदम चाल्दै आएका छन् । प्रशासनले अनिवार्य मास्क लगाएर कार्यालयमा आउन आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…