Mission Success: मिटरब्याजी यादव जेल चलान, ३ करोड ८३ लाखको तमसुक बरामद

२०७९ श्रावण २२ आइतबार
रति ८:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । गरिब, निमुखालाई मिटरब्याजको दलदलमा फँसाएर उठीवास गराउँदै मिटरब्याजी विरुद्धको न्यूज ब्यूरोको एक अपरेशन सफल भएको छ । 

न्यूज ब्यूरोबाट धनुषाका पत्रकार बिनय कुमार यादवले सुरु गरेको मिटरब्याजी विरुद्धको मिशन सफल भएको हो । मिटरब्याज धन्दा चलाउने मिटरब्याजी विरुद्धको कलमले रँग ल्याएको छ । 

आईतबार जिल्ला अदालत धनुषाले धनुषाधामका मिटरब्याजी सुरेश यादवलाई जेल पठाएको छ । उनको घरमा प्रहरीले छापामारी गरेपछि ३ करोड ८३ लाख रुपैयाँ बराबरको तमसुक कागज बरामद भएपछि उनलाई जिल्ला अदालत धनुषाले पूर्वपक्षको लागि जेल पठाएको हो । 

सिधासाधा, निमुखा, गरिबहरुलाई ब्याजमा रकम दिएर सान्दर्भिकभन्दा जालझेल गरी सम्पत्ती हथियाउने, अधिक गुणा ब्याज लिने, कागज नदिई एउटै रकमको कैयौँ पटक ब्याज लिने, गाउँबाट भगाउने जस्ता कार्यमा सँलग्न रहेको मिटर ब्याजी सुरेश यादवलाई पूर्वपक्षको लागि जेल चलान गरेको हो । 

धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने मिटरब्याजी सुरेश यादवले ठगी मुद्दामा थुनामा राखेर पूर्वपक्षको लागि राख्नुपर्ने निर्णय सुनाएको हो । उनलाई सुनसरीको झुम्का कारागार पठाइएको जनाइएको छ । 

विभिन्न व्यक्तिहरुबाट मिटर ब्याजको नाममा ठगी गरेको आरोपमा उनीमाथि ठगी मुद्दा चलिरहेको छ । अदालतले उनलाई तत्काल थुनामा राखेर मुद्दा प्रक्रिया अगाडी बढाउने आदेश दिएको हो । 

मिटरब्याजी यादव थुनामा गएपछि उनबाट पीडित दर्जनौ पीडितहरुको मनमा आसा पलाएको छ । न्यूज ब्यूरोको निरन्तर फ्लोअप र पीडितहरुसँगको निरन्तर संवादलाई सार्वजनिक गर्दै आएको छ । 

धनुषाधामबाट पत्रकार बिनय कुमार यादवको निरन्तर प्रयास एवम् रिपोर्टिङगले मिटरब्याका पीडितहरुको अनुहारमा बर्षौपछि खुसि देखिएको छ । पत्रकार यादवले उनीहरुको अनुहारमा खुसी ल्याईदिएका छन् । 

बिनय कुमार यादव, पत्रकार | धनुषाधाम

यस सन्दर्भमा पत्रकार यादवले आफू समाजको बाहकको रुपमा काम गर्दै आएको बताउँदै ग्राउड लेभलबाट रिपोर्टिङग गरी कानुनलाई सघाएको प्रतिक्रिया दिए । उनले अन्य कुनै पनि ठाउँमा मिटरब्याको फन्दामा फँसेका व्यक्तिले आफूलाई सम्पर्क गरे कानुनन सघाउने प्रतिवद्धता पनि जाहेर गरे । 

मिटरब्याजीको फन्दामा फँसेर सयौँ घर परिवार बर्बाद भएका छन् भने सयौँ परिवार बर्बादीको तगारमा रहेको छ । यसविरुद्ध गृह मन्त्रालयले समेत सूचना जारी गरेपछि अहिले मिटरब्याजीहरुमा भागमभाग भएको छ । 


  • 5%
  • 0%
  • 5%
  • 0%
  • 0%
  • 5%

न्यूज ब्यूरो, काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ । आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यस अघि माग गरिएका संख्यामा थप गरी कुल

पूरा पढ्नुहोस्

Bureau Menus