चुनावको लागि जनमत पार्टी १ नम्बरमा दर्ता
मधेशमा अब्बल हुन लागेका जनमत पार्टीले आगामी चुनावमा स्थानीय तहभन्दा उत्कृष्ट नतिजा ल्याउने दाबी जनमत पार्टीले गरेको छ ।

२०७९ साउन २२ आइतबार, दिउँसो १:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टी चुनावमा भाग लिनको लागि पुनः एक नम्बरमै दर्ता भएको छ ।
स्थानीय तहको चुनावको लागि दल दर्ताको क्रममा पनि जनमत पार्टीले १ नम्बरमै दर्ता गराएका थिए भने आगामी प्रतिनीधिसभा, प्रदेशसभा चुनावको लागि समेत १ नम्बरमै दर्ता भएको छ ।
आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो ।
पार्टी उपाध्यक्ष ईन्जिनियर बसन्त कुशवाहाको नेतृत्वमा बविता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेताहरु दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।
मधेशमा अब्बल हुन लागेका जनमत पार्टीले आगामी चुनावमा स्थानीय तहभन्दा उत्कृष्ट नतिजा ल्याउने दाबी जनमत पार्टीले गरेको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…