Close This

सप्तरी क्षेत्र नं. २ बाट डा. राउत लडने भएपछि यादवलाई टेन्सन 

२०७९ श्रावण २० शुक्रबार
दिउसो १:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिर ४ गते हुने भनिएको प्रतिनीधिसभा तथा प्रदेश सभा चुनावमा डा. सिके राउत लडने भएपछि उपेन्द्र यादवलाई टेन्सन भएको छ । 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् । सरकारले बिहीवार मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै शुक्रवार जनमत पार्टीका अध्यक्ष राउतले उक्त क्षेत्रबाट निर्वाचन लड्ने घोषणा गरेका हुन्।

बिहीवार राति बसेको दलको केन्द्रीय समितिको बैठकले राउतलाई सप्तरी २ बाट निर्वाचन लड्न पार्टीका केन्द्रीय तहका नेताहरुले सुझाव दिएको केन्द्रीय सदस्य बीपी साहले जानकारी दिए। “अनलाइन बैठकमा नेताहरुको छलफलअनुसार अध्यक्ष राउतले सप्तरी –२ बाट निर्वाचन लड्ने घोषणा गर्नुभएको हो,” केन्द्रीय सदस्य साहले भने।

सप्तरी क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन जितेको क्षेत्र हो। सत्ता गठबन्धनमा समेत रहेका अध्यक्ष यादवले यस क्षेत्रमा टिकट पाएमा दुई अध्यक्षबीचको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

यद्यपि, यो क्षेत्रमा कुनै पनि उम्मेदवारले दोस्रोपटक जितेको रेकर्ड नभएकोले यादवले “वाकओभर” गर्नसक्ने बताइएको छ। 

यादव मोरङ, सुनसरी हुँदै यो क्षेत्रमा निर्वाचन लड्न आइपुगेका हुन्। स्थानीय निर्वाचनमा यस क्षेत्रमा काङ्ग्रेस र  लोकतान्त्रिक समाजवादी नेपाल – लोसपाले सुधार ल्याउँदा जसपा भने कमजोर देखिएको छ।

डा. सिके राउत उपेन्द्र यादव जीतेकै क्षेत्रबाट लडने भएपछि उनलाई चुनावी टेन्सन हुने भएको छ । मूलधारको राजनीतिमा आएपछि डा. राउतको पार्टी सप्तरीमा बलियो देखिएको छ । 

सोही क्षेत्रबाट जनमत पार्टीका राष्ट्रिय अध्यक्ष नै चुनाव लडने घोषणा गरेपछि सोही क्षेत्रबाट यसपाली पनि उपेन्द्र यादवले चुनाव लडे डा. राउतले तनाव दिने सँकेत देखिएको छ । 

सोही क्षेत्रबाटै पुनः उपेन्द्र यादव पनि चुनावमा उठे दुई पार्टीको अध्यक्षबीच कडा प्रतिष्पर्धा हुने सँकेत छ । यसरी दुवै अध्यक्षलाई उतिकै तनावको स्थिति बन्ने निश्चित छ । 


  • 7%
  • 3%
  • 0%
  • 3%
  • 0%
  • 0%

  • २०७९ श्रावण २० शुक्रबार

Bureau Menus