Close This

'छोरा नजन्माएको भन्दै ५ महिने गर्भवतीको हत्या'

२०७९ श्रावण २० शुक्रबार
बिहान ०७:०० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, रौतहट । छोरा नजन्माएको भन्दै ससुराली पक्षले एक महिलाको हत्या गरेको आरोप माईती पक्षले लगाएका छन् । 

५ महिने गर्भवती महिलालाई विभिन्न बहानामा कुटपिट गरी आमा र बच्चाको हत्या गरेको आरोप मृतकको माईत पक्षले लगाएको हो ।

बारा जिल्लाको पचरौता नगरपालिका वडा नं ९ कुडवा टोलका हरेन्द्र प्रसाद साहकी २१ बर्षीय छोरी पुनम साहलाई विगत ५ वर्ष अधि समाजिक परम्परा अनुसार रौतहटको मौलापुर नगरपालिकाको वडा नं ७ टोल संगैयाका सियाराम साहको छोरा रविन्द्र साह संग विवाह भएको थियो ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाको साक्षात्कार कक्षमा आज पत्रकार सम्मेलनमा मृतक पुनम २ वर्ष अधि गर्भवती भएकी वेला श्रीमान पक्षले अल्ट्रासाउण्ड गराई, गर्भमा रहेको बच्चा छोरी जानकारी भएको जानकारी हुनासाथ मृतकलाई डरत्रास, धम्कीयाई सो गर्भ पतन गर्न लगाएको बताइएको छ ।

तर त्यस बेला पनि मृतक साहले आफनो गर्भमा रहेको बच्चा पतन गर्न नमाने पनि ससुराली पक्षहरुले जर्बस्तीमा गराएको पीडितले बताएका छन ।

हाल दोश्रो पल्ट गर्भवती भएको बिषय खुशी हुदै आफनो श्रीमानलाई पुनमले बताए त्यसपछि पुनमको गर्भ भित्र के छ भनेर अल्ट्रासाउण्ड गराउन लगेपछि छोरी भएको थाहा पाई ससुरा पक्षले गर्भ तुहाउन दबाव दिन थाले तर मृतक पुनमले इन्कार गरे पछि ससुरा, सास र श्रीमान तथा घरको अन्य सदस्यहरुले लछार पछाड़ गरी सामुहिक हत्या गरि पछी पासो लगाई झुन्डयाइएको थियो । 

यही सावन १५ गतेका दिन बिहान लगभग ८ देखि १० बने भित्रमा हत्या गरी हामी माईती पक्षलाई राति ८ बजे १० घन्टाको अन्तरालमा जानकारी आए पश्चात हेर्न जादा मृतक बहिनी पुनम समक्ष हामीलाई प्रहरी र ससुरा पक्षका व्यक्तिहरुले पुग्न नदिएको आरोप पत्रकार सम्मेलनमा लगाए ।

“मेरो बहिनीको झुन्डिएको अवस्था बनाई हामीलाई शबलाई पोष्टमार्टम गरेको समेत हेर्न दिएको छैन ” मृतकका दाई पन्नालाल साहले पत्रकार सम्मेलनमा बताए ।

बहिनीलाई हत्या गरिएको ४ दिन वित्न सक्दा पनि न्यायका लागी हामीले जिल्ला प्रहरी कार्यालय गौर रौतहटमा धाउदा पनि न्याय पाएको अवस्था नदेखिएको हुँदा पिडित पक्षले गुनासो व्यक्त गरेका हुन ।

मृतक अवस्थामा बहिनीको जिउमा नाईटी लुगा रहेको थियो तर केही १० घण्टाको भित्रमा फरक—फरक ३ किसिमका लुगा फेरिएकोले यो आत्महत्या होईन मेरो बहिनीको हत्या नै भएको पुष्टिी हुँदाहुँदै ससुरा पक्षको प्रहरी प्रशासनमा राजनीतिक ठूलो पहुँच भएको कारण हामीले जिल्ला प्रहरी कार्यालय गौरमा मुद्धा लिएर जाँदा पनि कुनै प्रकारको सुनवाई नभईरहेको मृतकको दाई साहले गुनासो पोखेका छन ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ श्रावण २० शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus