कानुनलाई मिचेर मेयरले बनाए जयसवाललाई हाकिम
निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका्र साहले यो भन्दा अगाडि आफूलाई निमित प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको भनेर जयसवाल माथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुँदा सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दाको छिनोफानो नभएसम्म निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बस्न नपाउने कानूनी प्रवधानलाई, अदालतको सम्मानलाई समेत वेवास्ता गर्दै निमित अधिकृतको कुर्सीमा अर्को ठाँउमा पद बहाल गर्नुले पनि उनी पदलोलुप भएको व्यतिm हो भने प्रष्ट हुन्छ वडा नम्बर ३ का वडाअध्यक्ष उजिउल्लाह अंसारीले भने ।

२०७९ साउन २० शुक्रबार, बिहान ६:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लास्थित सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवार नियम, कानून, विधि प्रक्रिया समेतलाई वेवास्ता गर्दै प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाललाई काज फिर्ता गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन समेतलाई वेवास्ता गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने सरुवा निमित हाकिम तोक्ने काम समेत नगरप्रमुख कलवारले गरेको देखिएको छ ।
पत्र संख्या ०७९÷८० को चलानी नम्बर ५१ को पत्र मार्फत नगरप्रमुख कलवारले प्रमुख प्रशासकीय अधिकृत जयसवालको काज सरुवा र आर्युवेद कार्यालय सिम्रौनगढका कबिराज निरीक्षक वीरेन्द्र साहलाई निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा बहाली गरेका छन् ।
केही दिन अगाडि जिल्ला प्रशासन कार्यालय बारामा सिम्रौनगढ नगरपालिकाको कुनैपनि काम गर्दा कार्यपालिकाको निर्णय गरेर अगाडि बढने लिखित सहमति गरेका नगरप्रमुख कलवारले कार्यपालिकामा कुनै जानकारी नै नदिई आफू खुसी आप्mनो एकल निर्णयले प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई काज फिर्ता गर्ने निर्णय गरेका हुन् ।
नगरप्रमुख कलवारको निर्णयबाट नगरपालिकाको शिर निहुरिने काम भएको वडा नम्बर ४ का वडाअध्यक्ष अवधेश सहनीले बताए ।
निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका्र साहले यो भन्दा अगाडि आफूलाई निमित प्रमुख प्रशासकीय अधिकृतबाट हटाएको भनेर जयसवाल माथि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हुँदा सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुद्दाको छिनोफानो नभएसम्म निमित प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा बस्न नपाउने कानूनी प्रवधानलाई, अदालतको सम्मानलाई समेत वेवास्ता गर्दै निमित अधिकृतको कुर्सीमा अर्को ठाँउमा पद बहाल गर्नुले पनि उनी पदलोलुप भएको व्यतिm हो भने प्रष्ट हुन्छ वडा नम्बर ३ का वडाअध्यक्ष उजिउल्लाह अंसारीले भने ।
यो भन्दा अगाडि पनि पदको लोभमा साह विवादमा फस्दै आएको पात्रको रुपमा परिचित रहेका छन वडाअध्यक्ष उजिल्लाहले बताए ।
यता, नगरप्रमुख कलवारले हाकिम नभएको अवस्थामा जेष्ठताका आधारमा साहलाई निमित हाकिमको जिम्मेवारी दिएको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…