मतदाता नामावली सङ्कलन स्थगित, चुनावको तयारीमा आयोग

२०७९ श्रावण १९ बिहीबार
बेलुकी ६:०६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमाडौं। निर्वाचन आयोगले भोलि (शुक्रबार)देखि मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने निर्णय गरेको छ । 

नेपाल सरकारले २०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले भोलिदेखि मतदाता नामावली सङ्कलन स्थगित गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सरकारले निर्वाचनका मिति घोषणा गरेसँगै मतदाता नामावली सङ्कलन स्थगित गरेर चुनावको तयारीमा लाग्ने जानकारी दिनुभयो ।

निर्वाचन मिति घोषणासँगै आयोगले गर्ने आन्तरिक तयारी गरिरहेको उहाँले बताउनुभयो । अर्यालले आयोगको सबैभन्दा महत्वपूर्ण काम भनेको मतदाता नामावली दर्ता हो । दर्ता कार्य निर्वाचन मिति घोषणा भएसँगै स्थगन हुने कानुनी प्रावधान छ । 

सहायक प्रवक्ता अर्यालले भन्नुभयो, ‘‘आयोगको सबैभन्दा महत्वपूर्ण काम भनेको मतदाता नामावली दर्ता हो । दर्ता कार्य मितिसँगै स्थगत हुन्छ । दर्ता कार्य स्थगन भएपछि जिल्लाले विभिन्न स्थानबाट डाटा सङ्कलन गर्ने कार्य गर्छ र आयोगमा पठाउँछ ।’’

त्यसपछि आयोगले फेरि पिडिएफ फाइल बनाएर जिल्लामा दाबीविरोधका लागि पठाउँछ । जिल्लाले प्रकाशन गरेर त्रुटि सच्याउने र दोहोरिएको नाम छ भने हटाएर अन्तिम नामावली सार्वजनिक गर्छ ।

दल दर्ताको समय दश दिन  
प्रतिनिधि र प्रदेश निर्वाचनकमा सहभागी हुने गरी नयाँ दल दर्ताको प्रक्रियालाई सुरु हुनेछ । निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान चाँडै गरिने उहाँले बताउनुभयो ।

निर्वाचनको मिति घोषणापछि निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गरिने  कानुनी व्यवस्था छ ।

अर्यालले भन्नुभयो, ‘‘निर्वाचनका लागि दल दर्ता गर्नु एकदमै आवश्यक छ । निर्वाचनका लागि समय छोटिएको छ । जसले गर्दा कति वटा दलले चुनावमा भाग लिन्छन्, त्यसको पहिचान गर्न आवश्यक छ ।’’ निर्वाचनका लागि एउटा दलले आठ ठाउँमा दर्ता गर्नुपर्ने हुन्छ ।

‘‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने दलहरु कुन–कुन हो, पहिचान गर्नुपर्छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुन–कुन दलले भाग लिन्छन् भनेर सात वटै प्रदेशमा छुट्टाछुट्टै दलको नाम पहिचान गर्नुपर्छ,’’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार दल पहिचान गर्नुको अर्थ समानुपातिकमा कुन–कुन ठाउँमा भाग लिन्छ भनेर थाहा पाउनु हो ।

प्रदेश अनुसार दल दर्ता फरक–फरक हुन सक्छ । अब प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने दलको पनि छुट्टाछुट्टै दर्ता हुन्छ । दल दर्ताका लागि धेरै लामो समय दिइँदैन । हप्ता दश दिन दिइन्छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

इजरायलमा रहेका नेपालीलाई दुतावासको अनुरोधः घरबाट बाहिर कोही ननिस्कनु

  • २०७९ श्रावण १९ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम ।  इरानले इजरायलमाथि आक्रमण सुरु गरेपछि तेलअभिभस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूलाई स्थानीय

पूरा पढ्नुहोस्

Bureau Menus