पूर्व गाउँपालिका अध्यक्ष यादवले छाडे जसपा
सञ्चारकर्मीहरुसँगको कुराकानीमा यादवले पालिाकाले गर्ने राम्रो काममा सहयोग र समर्थन गर्ने समेत बताए।

२०७९ साउन १८ बुधबार, बेलुकी ६:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित रहेको विष्णुपुर गाउँ पालिकाका पूर्व अध्यक्ष जागेश्वर यादवले जसपा परित्याग गरेका छन् ।
उनले आफू जनता समाजवादी पार्टी (जसपा), नेपाल परित्यागगरी स्वतन्त्र समाजसेवीको रुपमा बस्ने बताएका छन्।
आफ्नै निवास विष्णुपुरमा सञ्चारकर्मीहरुसँग पार्टीभित्रको गुट, उपगुट तथा नेताहरुको गतिविधिले पार्टीमा बसिरहनुको औचित्य नरहेको भन्दै उनले स्वतन्त्र समाजसेविको भूमिकामा रहने बताएका छन् ।
नेताहरुको गुटवन्दि र अदुरदर्शिताका कारण ०७९ को निर्वाचनमा पार्टीले गाउँ पालिकाको नेतृत्व गुमाउनु परेको यादवले बताए।
उनलेभने, ‘जिल्लामा रहेका पार्टीका पूर्व मन्त्रीहरु, केन्द्रिय सदस्यहरु, जिल्ला नेताहरुको गुटवन्दिले पालिकामा पराजय भोग्नु पर्यो, यस विषयमा आजसम्म कुनै बैठक, छलफल हुन सकेको छैन्। नेतृत्वको यसमा ध्यान दिएकै छैन।’
निर्वाचनमा भएको गुटवन्दि र अन्तरघातका विषयमा छलफलको लागि नेताहरुसँग पटक–पटक लिखित र मौखिक माँग गर्दापनि वेवास्ता गरेको यादवले गुनासो गरे। उनले पार्टी नेताहरुको गुटवन्दिकै कारण पालिका गुमेको आरोप लगाए।
नेताहरुको रवैया यस्तै रहे जनता समाजवादी पार्टी (जसपा) नेपालको अवस्था विग्रदैं जाने बताए।
यस पटकको निर्वाचनमा पनि यादव झिनो मतले मराजय भएका हुन्। उनी ४१ मतलेमात्र पराजय भएका थिए। निर्वाचित उम्मेद्वार नेकपा एमालेका सत्य नारायण यादवले २ हजार १५८ मत प्राप्त ल्याएका थिए भने जागेशवर यादवले २ हजार ११७ मत प्राप्त गरेका थिए।
पार्टी परित्याग गरेपनि उनले आफ्ना मतदातालाई निरास हुन नदिने प्रतिबद्धता जनाए। उनलेभने, ‘म पार्टीमा नरहेपनि मलाई मतदिने मतदातालाई निरासहुन दिन्न।’
पूर्व अध्यक्ष यादवले वर्तमान गाउँ कार्यापालिकाले करारका कर्मचारीलाई हटायर उनीहरुमाथि अन्याय गरेको आरोप लागाए। उनले स्थानीयले नै रोजगारी पाएका थिए, उनीहरुको रोजीरोटी खोसेर अन्याय गरेको बताए। उनले कर्मचारी हटाउने निर्णय तत्काल फिर्तालिन पनि अपिल गरे।
सोही क्रममा पूर्व अध्यक्ष यादवले आफ्ना आसे–पासेहरुलाई भने अझै काममा खटाएको र अन्यलाई निकालेको प्रति आक्रोस पोखे। उनले भने, ‘करारकै कर्मचारी कसैलाई काममा अझै लागाईरहेको छ, यो कुनखालको निर्णय होरु यसले पालिकामा अराजकता निम्त्याउँछ।’
सञ्चारकर्मीहरुसँगको कुराकानीमा यादवले पालिाकाले गर्ने राम्रो काममा सहयोग र समर्थन गर्ने समेत बताए।
उनले आफ्नो तत्काल कुनै पार्टीमा जाने सम्भावना समेत नरहेको सनाए। उनलेभने, ‘बाहिर मैले पनि हल्ला सुनेको छु, फलाना पार्टीमा, चिलानो पार्टी प्रवेश गर्दै छ भन्ने। तर, मैले अहिले त्यस विषयमा सोचेकै छैन। म स्वतन्त्र समाजसेवामा रहन्छु।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…