Close This

समाजवादी विद्यार्थी युनियनको सिरहा अध्यक्षमा साह

२०७९ श्रावण १८ बुधबार
दिउसो ३:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालको विद्यार्थी सँगठन समाजवादी विद्यार्थी युनियनको सिरहा जिल्ला अध्यक्षमा उमेश कुमार साहलाई चयन गरिएको छ । 

मँगलबार बसेको समाजवादी विद्यार्थी युनियनको मधेश प्रदेश समितिको बैठकबाट समाजवादी विद्यार्थी युनियनको जिल्ला अध्यक्षमा साहलाई चयन गरिएको हो । 

सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका वडा नम्बर १ बस्ने साह समाजवादी विद्यार्थी सँगठनमा निकै सक्रिया विद्यार्थी नेताको रुपमा चिनिदै आएका छन् । 

जनता समाजवादी पार्टीको राजनीतिमा समेत आफ्नो समय दिँदै आएका साहलाई जिल्लाको अध्यक्षको रुपमा चयन गरेपछि उनका शुभचिन्तकहरुले विभिन्न माध्यमबाट बधाई दिन थालेको छ ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

बच्चा खेलाउँदै बाँदर

  • २०७९ श्रावण १८ बुधबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus