Close This

शौचालयको सेप्टिक ट्यांकीमा भेटियो युवकको शव

२०७९ श्रावण १७ मंगलबार
बिहान ०७:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । सर्लाहीमा हत्या गरिएको अवस्थामा एक युवकको शव शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको छ ।

जिल्लाको हरिपूर्वा नगरपालिका– ३ धनकौल निवासी १९ बर्षीय सुशीलकुमार यादवको शव गाउँकै राष्ट्रिय आधारभूत विद्यालयको पुरानो शौचालयको सेप्टिक ट्यांकीमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।

उनको शरीरमा धारिलो हतियारका निलडाम देखिएको छ । शव पोष्टमार्टम गराई आफन्तको जिम्मा लगाइएको डीएसपी यादवले बताए ।

उनले पोष्टमार्टमको रिपोर्ट प्राप्त भएपछि विस्तृत विवरण खुल्ने बताए ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 98%
  • 2%

अनियमितताको हटस्पट ‘स्थानीय तह’

  • २०७९ श्रावण १७ मंगलबार

न्यूज ब्यूरो, सिरहा | कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तहले व्यापक अनियमितता गरेको खुलेको छ । विपद् व्यवस्थापनमा खर्चदेखि पदाधिकारी भत्ता वितरण गरेर अनियमित खर्च देखाएर भ्रष्टाचार गरेको पाइएको छ । कोरोना संक्रमण

पूरा पढ्नुहोस्

Bureau Menus