भारतीय नागरिक समेत रहेका साह विरगँजबाट चुनाव लडदै
जन्मसिद्ध नागरिकका सन्तान नागरिकता विहीन अवस्थामा रहेकाले नागरिकता ऐन संशोधनका लागि पर्सा २ का प्रतिनिधि सभा सदस्य हाल वन मन्त्री रहेका प्रदीप यादवले संसद र अदालतको ढोका ढक्कढक्काएका थिए ।

२०७९ साउन १५ आइतबार, बिहान ९:३३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । प्रतिनिधि र राष्ट्रिय सभाबाट बहुमतले नागरिकता विधेयक पारित भएको हप्ता दिन बित्दै एकजना भारतीय नागरिकले जन्मसिद्ध नागरिकताको आधारमा प्रतिनिधि सभाको उम्मेदवार हुने घोषणा गर्दै पर्सा जिल्लामा पोष्टरहरु झुण्डयाएका छन् ।
सर्लाही जिल्लाको तत्कालीन कविलासी गाउँ विकास समितिको वडा नम्बर ८ बाट २०६३ साल माघ १७ गते जन्मको आधारमा नागरिकता लिएका नरेश कुमार साह भारतको पनि नागरिक रहेका छन् ।
भारत बिहार राज्यका सीतामढी जिल्लाको शिवहर संसदीय र रिगा विधान सभा क्षेत्रको मतदाता सूचीमा क्रमसंख्या ७१९ मा साहको नाम उल्लेख रहेको छ ।
सर्लाहीबाट बसाइसराइ गरी वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ८ मा बस्ने साहको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता भन्दै पर्सा जिल्लाको प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर २ बाट संभावित उम्मेदवार रहेको पोष्टर वीरगञ्ज महानगरपालिका भरि लगाइएको छ ।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिंगदेन सोमवार पार्टीको कार्यक्रममा वीरगञ्ज आउन थालेका छन् ।उनको स्वागतमा साहले पोष्टर झुण्डयाउँदै उम्मेदवार हुने घोषणा समेत गरेका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बहुमतले पास भएको नागरिकता संशोधन सम्बन्धी विधेयकको राप्रपाका अध्यक्ष लिंगदेनले कडा आलोचना गरिरहेका छन् ।
उनले नागरिकता संशोधन विधेयकले देश ‘सिक्कमीकरण’ हुने तर्कदिदै विरोध गरिरहेका छन् । तर उनका नेता साहले जन्मसिद्ध नागरिकता सम्बन्धी विधेयक दुवै सदनबाट पारित भए लगतै प्रतिनिधि सभामा उम्मेदवारीको घोषणा गरेका छन् ।
स्रोतहरुका अनुसार साहले करिब ४ वर्ष पूर्व एकजना सञ्चारकर्मीको घर १ करोडमा वीरगञ्ज– ८ मा खरिदगर्दा नागरिकतामा गडबडीको खुलासा भएको थियो ।
त्यही बेला उनीमाथि उजुरी परे पनि तत्कालीन प्रमुख जिल्ला अधिकारीले मोटो रकम लिएर कारबाहीको पक्रियालाई रोकेका थिए ।
स्रोतले जनाए अनुसार हाल साहको नागरिकतामाथि राप्रपाकै नेताले दिएको उजुरीको आधारमा प्रमुख जिल्ला अधिकारीले नागरिकता खारेजीको सिफारिस गृह मन्त्रालयमा गरिसकेका छन् ।
जन्मसिद्ध नागरिकका सन्तान नागरिकता विहीन अवस्थामा रहेकाले नागरिकता ऐन संशोधनका लागि पर्सा २ का प्रतिनिधि सभा सदस्य हाल वन मन्त्री रहेका प्रदीप यादवले संसद र अदालतको ढोका ढक्कढक्काएका थिए ।
भारतीय नागरिक साहले जन्मसिद्ध नागरिकताको आधारमा यादव विरुद्ध सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
जनकपुरटुडेमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…