सिरहाको भगवति स्वीट हाउसको चाटमा मरेको माहुरी, ग्राहक अस्पताल भर्ना, प्रशासनको छापामारी
गोलबजारका सेवाग्राही एवं संचारकर्मी राम भरोसी यादवले किरा परेको समोसा खादा आफू विरामी परेको बताए । उनका अनुसार होटेलमा सरसफाइको वारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका संचालक गणेश साहले बेवास्ता गरेको सञ्चारकर्मी यादवले गुनासो गरे ।

२०७९ साउन १४ शनिबार, दिउँसो १:०५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिराहास्थित भगवती वेकरी एन्ड स्विट्स हाउसको समोसामा किरा भेटिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यलय सिरहाका अनुगमन टोलिले छापा हानेको छ ।
सेवा ग्राहीको नास्तामा किरा फेला परेको सुचना प्राप्त भएपश्चात जिल्ला प्रशासन कार्यलय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले माँ भगवती बेकरी एण्ड स्वीट्स हाउसमा छापा मारेका हुन् ।
अनुगमनको क्रम्मा माँ भगवती बेकरी एण्ड स्वीट्सको किचेन,होटेलमा खानेकुरा राखिने स्थानको अनुगमन गरेका छन।
अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीको निर्देशणमा प्रशासकीय अधिकृत नेतृत्वको अनुगमन टोलिले गल्ति सुधार गर्न र सरसफाईमा पुर्ण ध्यान दिन होटेलका संचालक गणेश साहलाई चेतावनी दिईएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
अनुगमनको क्रममा उक्त होटलमा आत्याधिक खानेसामग्रीहरु वासी पाइएको प्रशासकीय अधिकृत श्याम राउतले जनाएको छ ।
उनकाअनुसार होटलमा आत्याधिक फोहोर ,अव्यवस्थित तरिकाले स्टाफहरु खटाइएकोले खाने समानमा किरा भेटिनु स्वाभाविक रहेको बताए । बुधबार दिउँसो ९चाट० नास्ता खादा समोसा भित्र मरेको अवस्थामा किरा फेला परेको थियो ।
गोलबजारका सेवाग्राही एवं संचारकर्मी राम भरोसी यादवले किरा परेको समोसा खादा आफू विरामी परेको बताए । उनका अनुसार होटेलमा सरसफाइको वारेमा पटक–पटक सचेत गराउँदा पनि होटेलका संचालक गणेश साहले बेवास्ता गरेको सञ्चारकर्मी यादवले गुनासो गरे ।
खाजा खाएको भोलिपल्ट विहान देखि पखाला ,वान्ता आउने र अनुहार समेत सुनिएकोले मैले सोही जानकारी गराउन होटल संचालक संग कुरागर्न खोज्दा उल्टै निवर्तमान सिरहा बाणिज्य संघ अध्यक्ष संजय महासेठ्को आडमा धाक धम्की दिएको प्रती दुःखेसो पोखेको छ ।
यता, संचारकर्मीले होटल संचालक संग उक्त विषयमा जिज्ञासा राखदा होटेल संचालकले सिराहाको पुर्व वाणिाज्य संघ अध्यक्ष संजय महासेठदलाई भनेर धम्की दिलाएका छ्न ।
वाणिज्य संघ अध्यक्ष महासेठ्ले ठूलो स्वरमा कुरा धम्की पुर्ण रुपमा संचारकर्मिलाइ हप्काउदै भन्ने तिमिको हो कहावाट बोलेको होटेल संचालकलाई किन थ्रेड दिइरहेका छौ, म वाणिज्य संघको अध्यक्ष बोल्दै छु ,तिमी के गर्न सक्छौ ,भन्दै धम्की दिएका हुन ।
यसरी दैनिक रुपमा आत्याधिक मान्छेको भिड्भाड हुने होटेलमा किरा भेट्नु मानव स्वास्थ्य जीवन उपर ठाडो खेलवाड भएको पत्रकार महासंघ नि वर्तमान केन्द्रिय सदस्य देबकुमार यादवले बताए ।
उक्त होटेल वरिपरि करिव चारवटा ठुलठूलो कार्यालय रहेकोले दैनिक रुपमा अत्यधिक मान्छेले खाजा खाने होटेलमा यसरी सरेगलेको किरा भेटिनुले सेवाग्राहीहरु समेत मार्कामा पर्ने गरेको यादवको भनाइ छ ।
नास्तामा माउरि फेला परेको थियो । मरेको माहुरी भेटेको होटेलका संचालकले स्विकार गरेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…