धार्मिक र धरोहर सफाई अभियानमा नेपाल प्रहरी सधैँ अग्रसर छः डिआईजी खाँ
उनले यस अभियानको सफलताको कामना गर्दै यसको लागि धनुषा प्रहरीसँग पूर्ण समन्वय गर्न आग्रह पनि गरे । पत्रकार बिनय कुमार यादव नेतृत्वको युवाहरुको टिमले चलाएको सो अभियानमा विभिन्न निकायका व्यक्तिहरुले सहभागीता जनाउन थालेका छन् ।

२०७९ साउन १४ शनिबार, दिउँसो १२:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका डिआईजी मसउद आलम खाँले समाजिक कार्यको लागि नेपाल प्रहरी सधैँ अग्रसर रहेको बताएका छन् ।
ऐतिहासिक भूमि धनुषाधामस्थित धनुष सागर पोखरी तथा धनुषमन्दिर सौन्दर्यीकरण अभियानमा सरिक भएका डिआईजी खाँले धनुषाधाम जस्तो धरोहरस्थलको सफाईको लागि नेपाल प्रहरीको भूमिका अग्रणी हुने प्रतिवद्धता जनाएका छन् ।
शनिबार आफ्ना टोलीसहित सफाई अभियानमा धनुषाधाम पुगेका डिआईजी खाँले समुदायिक प्रहरी साँझेदारी कार्यक्रम अन्तर्गत पनि समुदायिक कार्यमा नेपाल प्रहरी अग्रसरता देखाएको भन्दै यस्ता अभियानमा अनिवार्य सहभागीताको निर्देशन समेत दिएको बताए ।
उनले समुदाय र प्रहरी एक आपसमा सदभाव कायम गरी सुरक्षा मात्र नभई सार्वजनिक सम्पतिको संरक्षण समेत मुख्य जिम्मेवारी रहेको बताए । उनले धनुषाधामको यो अभियान बर्षौ अगाडी नै सुरु हुनुपर्नेमा ढिलो भएपनि प्रशँसनीय कार्य भएको बताए ।
उनले यस अभियानको सफलताको कामना गर्दै यसको लागि धनुषा प्रहरीसँग पूर्ण समन्वय गर्न आग्रह पनि गरे । पत्रकार बिनय कुमार यादव नेतृत्वको युवाहरुको टिमले चलाएको सो अभियानमा विभिन्न निकायका व्यक्तिहरुले सहभागीता जनाउन थालेका छन् ।
श्री राजदल गण १ धारापानी ब्यारेकका टोलि ,शशत्र प्रहरी बेश क्याम्प सर्साका टोलि स्थानीय अभियानीहरुको व्यापक उपस्थिति थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…