बञ्चरो प्रहार गरेर छोराले गरे बुबाको हत्या
न्यूज ब्यूरो, काठमाडौँ । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ । बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले

२०७९ साउन १३ शुक्रबार, दिउँसो १२:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । बैतडीमा बञ्चरो प्रहार गरेर छोराले बुबाको हत्या गरेका छन् । जिल्लाको डिलासैनी गाउँपालिका–५ सेराका अन्दाजी २२ वर्षीय लोकराज जोशीले शुक्रबार बिहान बञ्चरो प्रहार गरेर बुवा ७० वर्षीय अन्तरामको हत्या गरेको प्रहरीले जनाएको छ ।
बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले शुक्रबार बिहान करीब ५ बजेतिर जोशीले बञ्चरो प्रहार गरेर बुबाको हत्या गरेकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जानकारी दिए ।
स्थानीयकाअनुसार छोराको बञ्चरो प्रहारबाट मारिएका अन्तरामको टाउको र शरीर अलग भएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…