जनकपुरमा फुटपाथ हटाएर जानकी मन्दिरमा थुपारियो, मेयर साहको चौतर्फी आलोचना
जानकी मन्दिरको तीन तर्फ सडकमा लाग्दै आएको मिना बजार, प्रसाद बजारसहित अन्य बजारलाई मन्दिरको भित्र राखिएको छ । मन्दिरभित्र पुनः बजार थुपारेपछि मन्दिर फेरी पनि एक पटक अव्यवस्थित भएको छ ।

२०७९ साउन १० मंगलबार, बिहान १०:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा फुटपाथ बजार लगाइएको छ । सडक पेटीमा राखिएको फुटपाथ बजारलाई जानकी मन्दिरमा सारिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको निर्देशनमा जानकी मन्दिर वरिपरी रहेको फुटपाथको बजारलाई जानकी मन्दिर प्राँगन भित्र सारिएको छ ।
जानकी मन्दिर सौन्दर्यीकरणको लागि करोडौँ रुपैयाँ खर्चेर मन्दिर अनुसाशन पालना हेतु मन्दिरको प्राँगनमा लाग्दै आएको बजार हटाइएको थियो भने मनोज साह मेयर बनेपछि फुटपाथलाई हटाएर मन्दिरमा थुपारेका छन् ।
जानकी मन्दिरको तीन तर्फ सडकमा लाग्दै आएको मिना बजार, प्रसाद बजारसहित अन्य बजारलाई मन्दिरको भित्र राखिएको छ । मन्दिरभित्र पुनः बजार थुपारेपछि मन्दिर फेरी पनि एक पटक अव्यवस्थित भएको छ ।

जानकी मन्दिरको पौराणिक पहिचानलाई चुनौति दिँदै मेयर साहले फुटपाथको व्यापारीहरुलाई जानकी मन्दिरभित्र बोलाएको छ । यसको चौतर्फी आचोलना भएको छ ।
मेयर साहले साना व्यापार गर्नेहरुलाई फुटपाथबाट हटाएपनि ठुला वा मध्यम व्यावसाय सँचालन गरेर फुटपाथ कब्जा गरेका व्यावसायीहरुलाई भने छुट दिएका छन् ।
जानकी मन्दिरकै अगाडीमा रहेको दर्जनौ व्यावसायीहरुले फुटपाथ कब्जा गरेर बसेपनि उनीहरुलाई भने छुट दिएको हो । जानकारी अनुसार, मेयर साहको नजिकी व्यावसायीहरु भएर उनीहरुलाई छुट दिएको हो ।
फुटपाथको व्यापारले त्यहाँस्थित रहेको अन्य ठुला व्यापारलाई चुनौति दिन थालेपछि होटल व्यावसायी र अन्य व्यावसायीहरुले मेयरलाई दबाब दिँदै फुटपाथ हटाउन लगाएको आरोप छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…