जनकपुरको दारु पसलबाट दारु, बियर, रजनीगन्धा चोरी गर्ने युवक पक्राउ
उनको डेराबाट चोरीको समानहरु समेत बरामद गरिएको छ । विभिन्न ब्राण्डको रक्सी, बियर, जुस, बदाम ड्रिन्क, रेडबुल, अनार जुस, रजनीगन्धा, चुरोटको प्याकेट, बाईन, ल्यापटक, चाँदीको ब्रासलेट लगायतको समानहरु बरामद गरिएको हो ।

२०७९ साउन ८ आइतबार, दिउँसो ४:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक कोल्ड स्टोर (रक्सी पसल) मा चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदमचोकस्थित रहेको खुश्वु कोल्ड स्टोरमा चोरी गर्ने युवकलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो ।
खुश्वु कोल्ड स्टोरमा शनिबारकै राती चोरी भएको खवर जिल्ला प्रहरी कार्यालय धनुषामा आईतबार बिहान ८ बजे दिएपछि केही घण्टामै शँकाको आधारमा एक युवकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कमला नगरपालिका वडा नम्बर ५ लक्कड बस्ने अन्दाजी बर्ष २१ को मनोज यादव रहेका छन् । उनले दारु पसलमा चोरी गरेपछि खानतलासी गर्दा उनको डेराबाट चोरीको समानहरु समेत फेला परेको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ कदमचोकमा डेरा लिएर बस्दै आएका यादवले गएराती कोल्ड स्टोर फोडेर चोरी गरेको बताइएको छ ।
उनको डेराबाट चोरीको समानहरु समेत बरामद गरिएको छ । विभिन्न ब्राण्डको रक्सी, बियर, जुस, बदाम ड्रिन्क, रेडबुल, अनार जुस, रजनीगन्धा, चुरोटको प्याकेट, बाईन, ल्यापटक, चाँदीको ब्रासलेट लगायतको समानहरु बरामद गरिएको हो ।
समानहरु बरामद गर्दै मुचुल्का उठाएर यादवलाई आवश्यक कारवाहीको लािग जिल्ला प्रहरी कार्यालय धनुषामा थप अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…