प्रशँसनीयः जन्मदिनको खर्चले जानकी वृद्धाश्रममा खाद्यान्न
उनले अमेरिकाबाट आफ्नो साथी ईन्जिनियर बिशाल यादव मार्फत सो सामाग्री सहयोग गरेका हुन् ।

२०७९ साउन ८ आइतबार, दिउँसो ३:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आधुनिक युगमा जन्मदिनमा गर्ने हजारौँ रुपैयाँ खर्च कटाएर एक युवकले वृद्धवृद्धाहरुर्ला खाद्यान्न प्रदान गरेको छ ।
मधेश प्रदेशको सर्लाहीको कवलासी नगरपालिका पिपरियाका युवा प्रमोद यादवले आफ्नो जन्मदिनको अवसरमा जानकी वृद्धाश्रममा खाद्यान्न लगायतका समाग्री सहयोग गरेका छन् ।
विगत ५ वर्षदेखी अमेरिका रहँदै आएका यादव प्रत्येक वर्ष आफ्नो जन्मदिनको अवसरमा विभिन्न संघ सस्थामा सहयोग गर्दै आईरहेका छन् ।
यादवले आफ्नो २९औँ जन्मदिनको अवसर पारेर जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ८ मा रहेको जानकी वृद्ध आश्रममा चामल , दाल, आटा, तेल, चुरा लगायतका खाद्यान्न समाग्रीहरु वितरण गरेका हुन् ।
उनले अमेरिकाबाट आफ्नो साथी ईन्जिनियर बिशाल यादव मार्फत सो सामाग्री सहयोग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…