बाख्रा चराउन गएकी महिलाको दुई दिनपछि खोलामा लास
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

२०७९ साउन ८ आइतबार, बिहान १०:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित बाख्रा चराउन गएकीम एक महिलाको लास दुई दिनपछि खोलामा फेला परेको छ ।
सिरहामा बाख्रा चराउने क्रममा हराएकी एक महिलाको शव दुई दिनपछि फेला परेको हो । गत बिहीबारदेखि हराएकी ती महिलाको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको हो ।
सिरहाको विष्णुपुर गाउँपालिका–२ बस्ने ४७ वर्षीया उर्मिलादेवी यादवको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…