‘मधेशीलाई नागरिकता दिनु हुन्न भन्नेहरू असली राष्ट्रघाती हुन्’
न्यूज ब्यूरो, काठमाडौँ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले मधेशी नागरिकलाई नागरिकता दिनु राष्ट्रघात हो भन्नेहरू नै असली राष्ट्रघाती भएको आरोप लगाएका छन्। अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजद्वारा शनिबार ललितपुरको ताल्छिखेलमा आयोजित कार्यक्रममा बोल्दै मैनालीले यस्तो बताएका हुन्। ह

२०७९ साउन ८ आइतबार, बिहान ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ । अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले मधेशी नागरिकलाई नागरिकता दिनु राष्ट्रघात हो भन्नेहरू नै असली राष्ट्रघाती भएको आरोप लगाएका छन्।
अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजद्वारा शनिबार ललितपुरको ताल्छिखेलमा आयोजित कार्यक्रममा बोल्दै मैनालीले यस्तो बताएका हुन्।
हिजो माओवादीले पछि पारिएका वर्ग, लिंग र क्षेत्रका अधिकारको कुरा गर्दा माओवादीलाई समाज भाँडेको आरोप लाउने र अहिले मधेशका जन्मसिद्ध नागरिकलाई समेत नागरिकता दिन हुन्न भनेर कथित राष्ट्रवादको ढोंग पिट्नेहरू एकै भएको मैनालीले टिप्पणी गरे।
मधेशमा बस्ने एउटै देशका नागरिकलाई नागरिकताको स्वभाविक हकबाट बञ्चित गरिनुले पटक पटक मधेश बिद्रोह निम्त्याएको उनको आरोप थियो।
बन्दशत्र कार्यक्रमलाई सचिवहरू प्रसुन कार्की, नारायण बडाल र संगठन विभाग प्रमुख रोशन थापा मगरले प्रशिक्षण दिएका थिए।
कार्यक्रमले प्रशिद्ध चौलागाईंको अध्यक्षतामा ६५ सदस्सीय कमिटी गठन गरेको विद्यार्थी नेता प्रमोद श्रेष्ठले जानकारी थिए।
कार्यक्रममा विभिन्न खेलका विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…