ईनारभित्र एक पुरुषको लास फेला
न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक पुरुषको लास फेला परेको छ । सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको हो। गोलबजार नगरपालिका वडा नम्बर ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको लास रहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इना

२०७९ साउन ७ शनिबार, बेलुकी ६:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक पुरुषको लास फेला परेको छ ।
सिरहाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको हो। गोलबजार नगरपालिका वडा नम्बर ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको लास रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेको थियो । सुरुमा ईनारभित्र को रहेको भने आशंका गरिएपनि उनले लगाउने चप्पल र गन्जी भेटाएपछि पासवान नै मृतक हुन सक्ने अनुमान गरिएको थियो ।
शनिबार विहान उनको गञ्जी र चप्पल भेटिएको आधारमा इनारको पानी फालेपछि परिवारजनले उनको शव पहिचान गरेको हो ।
सुरुमा प्रहरी र सेनाले शव निकाल्ने प्रयास गरेपनि नसकेपछि इटहरीबाट गोताखोर टोली ल्याएर शव निकालेको बताइएको छ ।
अधिक गहिरो रहेको सो इनारभित्र अक्सिजनको मात्रा कम भएकाले निकाल्न गोताखोर टोलीलाई पनि धौधौ परेको थियो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
पासवान ईनारभित्र कसरी खसेको वा खसालिएको बारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…