नागरिकता विद्येयक: 'यश' लिन मधेश केन्द्रीत पार्टीको झुठो होडवाजी, कार्यकर्ताहरु नाँगिए
आफना मुद्धाहरु सम्बोधनको वारेमा ध्यानाकर्षण गराउन जेठ २९ गते विहान वालुवाटार पुुगेका लोसपा नेताहरुलाई प्रधानमन्त्री देउवाले वजेट पारित लगत्तै नागरिकता विद्येयक पारित गर्नुको साथै लोसपाले उठाईरहेको अन्य मुद्धाहरु पनि सम्बोधन हुने आश्वासन दिएका थिए ।

२०७९ साउन ७ शनिबार, बिहान १०:१९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बहुचर्चित नागरिकता विधेयक प्रतिनिधि सभाबाट शुक्रवार पारित भएसँगै ‘यश’ लिन हानथाप भइरहेको छ ।
सत्तासित जनता समाजवादी पार्टी (जसपा) ले नागरिकता विधेयक पारित गराउन आफ्नै महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरिरहेको छ भने जसपाका कार्यकर्ताहरु समाजिक सँजालमा नाँगिएका छन्।
संघीय सरकारका वन मन्त्री समेत रहेका जसपाका केन्द्रीय सदस्य प्रदीप यादवले नागरिकता समस्या समाधानका लागि सदनदेखि सर्वोच्च सम्म लडेको दाबी गरे ।
‘नागरिकता नपाएर बिचल्लीमा परेका जन्मसिद्धका सन्तानको भविष्य अब सुनिश्चित भएकोछ’ उनले भने, नागरिकताको पक्षमा एमाले नरहेको र त्यसका सहयोगी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि अल्मलाउन खोजेका थिए ।
नागरिकता विधेयक पारित हुने क्रममा जसपा र लोसपाका शीर्ष नेताहरु प्रतिनिधि सभाको बैठकमा उपस्थित थिए । तर लोसपाले आफ् नो निरन्तरको दबाबको कारण नागरिकता विधेयक पारित भएको दाबी गरेको छ ।
लोसपाका नेताहरुले विधेयक पारित भएको खुशीयालीमा विभिन्न जिल्लामा दीपावली समेत गरेका छन् । लोसपाका नेताहरुले सामाजिक सञ्जालमा नागरिकता विधेयक पारित भएको ‘यश’ लिने प्रयत्न गरेका छन् । लोसपाका कार्यकर्ताहरु पनि समाजिक सँजालमा नाँगिएका छन् ।
नागरिकता विधेयक पारित गर्नुपर्ने माग सहितको ज्ञापन सरकारलाई पटक–पटक बुझाए पनि लोसपाले एमालेद्वारा दर्ता गराइएको विधेयकको विरोध भने गरेको थिएन् ।
कयौं मुद्दामा लोसपाले सहकार्य गरेको एमालेले भने नागरिकता विधेयकको विपक्षमा मतदान गरे । एमालेले प्रतिनिधि सभामा दर्ता गराएको नागरिकता विधेयक पनि मधेशीको हितमा थिएन् ।
वैवाहिक अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने प्रावधान एमालेले राखेको थियो । गठबन्धन सरकारले प्रतिनिधि सभाबाट द्रूतगतिमा नागरिकता विधेयक पारित गराएर आगामी चुनावमा मधेशको मत तान्न ठूलो मुद्दा बनाउने छ ।
नागरिकता विधेयकमा एमालेले विरोध जनाएर मधेशमा सहानुभूति गुमाएको छ । यद्यपि शुक्रवार प्रतिनिधि सभामा नागरिकता विधेयकमाथि छलफल भइरहेको बेला रौतहट जिल्लाका लोसपा परित्याग गर्ने नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टिका लगाएर पार्टी प्रवेश गरिरहेका थिए ।
प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा शासकले अन्यथा व्याख्या नगरे नेपालमा नागरिकताको समस्या धेरै हद सम्म समाप्त भएको छ ।
समाजिक सँजालमा जसपाका कार्यकर्ताहरुले जसपाको अध्यक्ष उपेन्द्र यावदकै कारण नागरिकता विद्येयक पारित भएको भनेर यशको होडवाजी लगाएको छ । सोसँगै लोसपाका कार्यकर्ताहरुले समेत लोसपाकै कारण नागरिकता विद्येयक पारित भएको भनेर दिपावली समेत गरेको छ ।
यहाँसम्म की नागरिकता विद्येयकको विपक्षमा रहेको एमाललेका केही कार्यकर्ताहरुले समेत एमालेको नेताले विद्येयक पारित गराएको भनेर झुठो होडवाजी गरेको समाजिक सँजालमा हेर्न सकिन्छ ।
नागरिकता विद्येयकको लागि लोसपाको प्रयासः
गत जेठ ३० गते नागरिकता विद्येयक सहित ११ बुुदे मागहरु बुुझाएको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले सोमवार पुन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरत्यसको सम्बोधन वारेमा ध्यानाकर्षण गराए ।
जेठ २९ गते विहान लोसपा अध्यक्ष महन्थ ठाकुर सहित वरिष्ठ नेता राजेन्द्र महतो सहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेटेर अघिल्लो जेठ ३० गते दिएको ज्ञापनपत्र वारेमा चासो राखेका थिए ।
लोसपाले संसदमा अलपत्र रहेको नागरिकता विद्येयक पारित गर्नुको साथै मधेश आन्दोलनताका मुद्धाहरु फिर्ता सहित रेशम चौधरीको रिहाई लगायतका मागहरु अघि सारेका थिए ।
आफना मुद्धाहरु सम्बोधनको वारेमा ध्यानाकर्षण गराउन जेठ २९ गते विहान वालुवाटार पुुगेका लोसपा नेताहरुलाई प्रधानमन्त्री देउवाले वजेट पारित लगत्तै नागरिकता विद्येयक पारित गर्नुको साथै लोसपाले उठाईरहेको अन्य मुद्धाहरु पनि सम्बोधन हुने आश्वासन दिएका थिए ।
प्रधानमन्त्री देउवाले लोसपालाई दिएको आश्वासन र राजनीतिमा दिग्गज मानिएका नेता महन्थ ठाकुरको प्रतिष्ठाको लागि पनि देउवाले नागरिकता विद्येयकको लागि विशेष चासो लिएका थिए ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…