मन्त्री यादवले गरे एउटै पदमा दुई जना पिए नियुक्त
न्यूज ब्यूरो, जनकपुरधाम । वन तथा वातावरणमन्त्री प्रदीप यादवले उप–स्वकीय सचिवमा २ जना नियुक्त गरेका छन् । मन्त्री यादवले निखिल वरर्नवाल र घनश्यामबाबु गुप्तालाई उप–स्वकीय सचिव पदमा नियुक्त गरेका हुन् । मन्त्री यादवले वरर्नवाल र गुप्तालाई एउटै पदमा नियुक्ति गरेर जगत हँसाएका छन् । मन्त्रीले एउटा उप–स्वक

२०७९ साउन ५ बिहीबार, राति १०:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । वन तथा वातावरणमन्त्री प्रदीप यादवले उप–स्वकीय सचिवमा २ जना नियुक्त गरेका छन् ।
मन्त्री यादवले निखिल वरर्नवाल र घनश्यामबाबु गुप्तालाई उप–स्वकीय सचिव पदमा नियुक्त गरेका हुन् ।
मन्त्री यादवले वरर्नवाल र गुप्तालाई एउटै पदमा नियुक्ति गरेर जगत हँसाएका छन् । मन्त्रीले एउटा उप–स्वकीय सचिव पदमा दुई जनालाई नियुक्त गरेको हो ।
असार २० गतेदेखि तलव भत्ता लगायत नियमानुसार सुविधा पाउने गरी मन्त्री यादवको सचिवालयमा वरर्नवाल र गुप्ता उप–स्वकीय सचिव पदमा नियुक्त गरिएको नियुक्ति पत्रमा उल्लेख छ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता यादवले जिम्मेवारी सम्हालेको एक महिना पुगेको छैन । उनले एउटै पदमा दुई जना उप स्वकीय सचिव नियुक्त गरेपछि समाजिक सँजालमा टिकाटिप्पणी भएको छ ।
मन्त्री बन्न नपाएपछि करीव ८ महिना अगाडि उत्पात मच्चाएका यादवले मन्त्रालयमा कार्यकर्ताहरू भर्ती गरेर रमिता देखाउन लागेको आरोप लागेको छ ।
मन्त्री यादवसँग यस विषयमा प्रतिक्रिया लिन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…