दुःखद खवरः अन्तोअन्तसम्म बचाउन सकिएनन सुरज
सुरज मुखिया बचाउको लागि दुई दिन अगाडी मात्र एक सँस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको थियो भने त्यो भन्दा अगाडी विभिन्न सँघसँस्था, युवाहरुको समूह, व्यक्तिगत रुपमा पनि रकम सहयोग हुँदै आएको थियो ।

२०७९ साउन ४ बुधबार, बिहान ११:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विगत दुई बर्षदेखि मुटुको विरामी भएर निरन्तर उपचारमा रहँदै आएका धनुषाका एक बालक अनेकौ प्रयासपछि पनि बचाउन सकिएनन् ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने सन्दिप कुमार मुखियाको ७ बर्षिय छोरा सुरज कुमार मुखियाको मुटु रोगले सताएपछि उनको मँगलबार साँझ उपचारको क्रममा मृत्यू भएको हो ।
भएभरको सम्पति दुई बर्षमा उनकै उपचारको लागि बेच्दै आएको उनको बुवाले नेपालमा उनको उपचार सम्भव नभएको तथा बाहिर लगेर मात्र मुटु फेर्नुपर्ने बताएपछि भारतको दिल्लीसम्म समेत पुगेका सुरज अन्तोअन्तसम्म नेपालमै दम तोडेका छन् ।
मँगलबा साँझ उपचारको क्रममा शहिद गँगालाल हृदय केन्द्र अस्पतालमा उनको मृत्यू भएको परिवारजनले पुष्टि गरेको छ । काठमान्डौँमै उपचारको क्रममा करिब १६ लाख रुपैयाँ खर्ची सकेका सन्दिप मुखिया छोरा बचाउन भौतारेका थिए ।
३ बर्ष विदेश कमाएर जुटाएको सबै सम्पति र पैसा छोरा उपचारमै लगानी गरी अतिरिक्त ऋण समेत बोक्नु परेको अवस्थामा विदेशबाट समेत युवाहरुले सहयोग गर्दै आएको थियो । उनको उपचारको लागि रकम अभाव नहुने गरी सहयोग गरिएपनि उनलाई बचाउन भने सकिएनन् ।
छिमेकी मुलुक भारतको दिल्लीमा मात्र उनको मुटु फेर्न सक्ने बताएपछि उनलाई भारत समेत लगिएको थियो । त्यहाँबाट पुनः काठमान्डौँ ल्याइएका सुरजको उपचारको क्रममा काठमान्डौँमै मृत्यू भएको हो ।
सुरज मुखिया बचाउको लागि दुई दिन अगाडी मात्र एक सँस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको थियो भने त्यो भन्दा अगाडी विभिन्न सँघसँस्था, युवाहरुको समूह, व्यक्तिगत रुपमा पनि रकम सहयोग हुँदै आएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…