जागिर लगाईदिने प्रलोभन दिएर लहानका उपमेयरद्धारा महिलालाई दुरव्यवहारको आरोप
यता, उपमेयर महतोले आफुमाथि लगाएको आरोपमा सत्यता नरहेको जनाएको छ । अहिले आफ्नो बारेमा विभिन्न हल्ला त्यतिकै उठिरहेको उनको भनाई छ ।

२०७९ साउन ४ बुधबार, बिहान ८:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले एक महिलालाई नगरपालिकामा जागिर लगाई दिन्छु भन्दै केही दिनअघि यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको छ ।
उपमेयर महतोले कार्यकक्षमै बोलाएर आफुमाथि दुव्र्यवहार र कुदृष्टिले हेरेको ती महिलाले आरोप लगाएका छन् ।
कार्यकक्षमै यौन दुव्र्यवहार गर्न थालेपछि ती महिला रुन थालेको थियो । रुन थालेपछि उपमेयर महतोले घटना बाहिर नलग्नु भन्दै आग्रह गरेको थियो ।
उनको कार्यकक्षबाट निस्केर घरको अभिभावकलाई घटना बारे विस्तार सुनाएको ती महिलाले जनाएको छ । पछि राजनीतिक दवावका कारण पञ्चायत भएर घटना सामसुम पारिएको बुझिएको छ ।
महिलाले न्याय माग्दै प्रहरी र नगरप्रमुख समक्ष मौखिक जानकारी गराएको थियो । छानबीन गर्न निवदेन चाहिन्छ तर, घटना पञ्चायतबाटै सामसुम भएपछि दवावका कारण उनी निवेदन दिन नगएको बुझिएको छ ।
घटनाको दिन उपमेयर महतोले कार्यालयको समय अगाबै कार्यकक्षमा बोलाएर ती महिलालाई के कसरी जबरदस्तीको प्रयास गरेको भन्ने बारे महिलाले मुख खोलेकी हुन् । घटनाबारे महिलाले सुनाएको प्रमाण सुरक्षित छ ।
यता, उपमेयर महतोले आफुमाथि लगाएको आरोपमा सत्यता नरहेको जनाएको छ । अहिले आफ्नो बारेमा विभिन्न हल्ला त्यतिकै उठिरहेको उनको भनाई छ । यो समाचार लहान पाेस्टमा छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…