जनकपुरमा अचेत भेटेका पुरुषको मृत्यू
मृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेको भन्दै प्रहरीले कोही कसैको आफन्त वा छरछिमेकी भएमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।

२०७९ साउन २ सोमबार, राति ८:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यू भएको खवर छ ।
सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ माछा बजार चोक नजिक जनकपुरदेखि बसहिया जाने भित्री सडक खण्डमा सडकको पूर्बतर्फ सडक पेटीमा अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अचेत अवस्थामा फेला परेका ती व्यक्तिको उद्धार गरी स्थानीय र प्रहरीले उपचारका लागि प्रादेशिक अस्पताल पु¥याएका थिए । उनको उपचारकै क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मृतक व्यक्तिको हालसम्म सनाखत हुन नसकेको भन्दै प्रहरीले कोही कसैको आफन्त वा छरछिमेकी भएमा जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखा तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…