धनुषाको शहिदनगरमा पस्यो अख्तियारको टोली
आईतबार दिउँसो ती तीन योजना सहित मधेश प्रदेश सरकारबाटै दिइएको एसएनआर जनता माबिको कक्षाकोठा निर्माणको लागि आएको बजेटमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले फाईलको तस्विर खिचेर लगेको जनाइएको छ ।

२०७९ साउन २ सोमबार, दिउँसो १२:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशस्थित धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा अख्तियारको टोली पसेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले आईतबार शहिदनगर नगरपालिकाको फाईलहरु पल्टाएका छन् ।
आईतबार दिउँसै कार्यालय पुगेका अख्तियारको टोलीले प्रदेश सरकारबाट प्राप्त योजना र अनुदानहरुमा व्यापाक भ्रष्टाचार भएको उजुरीलाई आधार बनाउँदै फाईलहरु चेकजाँक गर्न कार्यालय पुगेको जनाइएको छ ।
सशर्त अनुदानबाट शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहाको पक्की सडक निर्माण, वडा नं. ७ को नेमुवाटोलको कोरारी पोखरीदेखि सिटहु मण्डलको घरसम्म सडक ढलान , सोही ठाउँमा जलिल मियाँको घरदेखि विश्वकर्मा चौक र रमेश मण्डलको घरदेखि धोबियाही सडकसम्म सडक स्तरोन्नतीको योजनाहरुमा कामै नगरी भुक्तानी गरिएको उजुरीको आधारमा अख्तियारको टोली शहिदनगर पुगेको थियो ।
आईतबार दिउँसो ती तीन योजना सहित मधेश प्रदेश सरकारबाटै दिइएको एसएनआर जनता माबिको कक्षाकोठा निर्माणको लागि आएको बजेटमा भ्रष्टाचार भएको उजुरीपछि अख्तियारको टोलीले फाईलको तस्विर खिचेर लगेको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका प्रमुख गोपाल अधिकारीका अनुसार, शहिदनगरमा आईतबार आवश्यक फाईलहरुको तस्विर खिचेर ल्याएको तथा सोही अनुसार अनुसन्धान प्रक्रिया अगाडी बढाएको बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा प्रमुख अधिकारीले शहिदनगरमा अख्तियारको टोली आईतबार पुगेर फाईल चेकजाँज गरेको पुष्टि गरे ।
धनुषा जिल्लाको मात्र नभई मधेश प्रदेशको ८ वटै जिल्लामा प्रदेश सरकारबाट भएको वा भइरहेको कार्यहरुमा चरम भ्रष्टाचार हुँदै आएको छ । कामै नगरी भुक्तानी लिने कार्य प्रायः प्रदेश सरकारको बजेटमा हुने गरेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…