राजा जनककै मन्दिरमामा एक हप्तादेखि अन्धकार, प्राधिकरणले काटे मन्दिरको लाईन
२०७५ साल चैत्रसम्ममा विद्युत् प्राधिकरणबाट मन्दिरका नाममा आएको बाँकी रकम ३ लाख ६ सय २० रुपियाँ १२ पैसा रहेको छ । उनलाई मासिक मन्दिरमा कत्तिसम्म विद्युत् बिल उठ्छ होला भनि सोध्दा उनले ६ सय देखि ७ सय सम्म भन्ने जवाफ दिए ।

२०७९ असार ३१ शुक्रबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्राचीनमा जनकपुरको राजा रहेको जनकको मन्दिरमै विगत एक हप्तादेखि लाईन काटिएपछि अन्धकार बनेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको जनकको मन्दिरको विद्युत्एकसाता देखि काटिएपछि मन्दिरमा अन्धकार छाएको छ ।
विद्युत् काटिएको कारण मन्दिरमा साँझको समयमा बिजुली बत्ती बल्न छाडेको महन्थको भनाइ छ ।
सो मन्दिरका महन्थ वैद्यनाथ गिरीका अनुसार मन्दिरको आयश्रोत नभएको कारण २०५२ सालदेखिको बिजुलीको भुक्तानी गर्न सकिएको छैन ।
अहिले अनुमानित ५ लाख जति बिजुलीको भुक्तानी गर्न बाँकी रहेको छ । मन्दिरको आयश्रोत २०५२ सालसम्म केही कठघराबाट आउने गर्दा आपूmले मासिक रुपमै बिजुलीको भुक्तानी गरेको महन्थ गिरीको भनाइ रहेको छ ।
उनले भने मन्दिरको पूजाको लागि राममन्दिर गुठीबाट मासिक रु. ६ सय दिने गरिएको छ । त्यसले प्रसादी पनि चढाउन पुग्दैन । आप्mनो गुजारा समेत जसोतसो दाताहरुको सहयोगमा र मन्दिरमा भक्तजनबाट अर्पण गरिने भेटीबाट हुने गरेको पनि महन्थ गिरी बताउछन् ।
महन्थ गिरीले काटिएको बिजुली सुचारु गराईदिन सम्बन्धित निकायहरुमा आपूmले गुहार लगाएको पनि बताए ।
२०७५ साल चैत्रसम्ममा विद्युत् प्राधिकरणबाट मन्दिरका नाममा आएको बाँकी रकम ३ लाख ६ सय २० रुपियाँ १२ पैसा रहेको छ । उनलाई मासिक मन्दिरमा कत्तिसम्म विद्युत् बिल उठ्छ होला भनि सोध्दा उनले ६ सय देखि ७ सय सम्म भन्ने जवाफ दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…