जसपाबाट बाबुराम भट्टराई र महेन्द्र रायसहित ९ नेता पदमुक्त
मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार रहेका नीजि सचिवालयका आतिश मिश्रले आफ्नो फेसबुकमा लेख्दै नौ जनालाई पदमुक्त गरिएको जनाएका छन् । यद्यपी यसको अधिकारीक पुष्टि भने हुन बाँकी छ ।

२०७९ असार ३० बिहीबार, बेलुकी ७:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो ९ जना नेतालाई पदमुक्त गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) मा दोस्रो अध्यक्ष रहेका बाबुराम भट्टराईलाई समेत आजबाट पार्टीको साधारण सदस्य समेत नरहने गरी पदमुक्त गरिएको हो ।
जसपा निकट श्रोतको अनुसार वीरगँजमा जारी जसपाको बैठकबाट बाबुराम भट्टराई , हिसिला यमि, महेन्द्र राय यादव, रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगा नारायण श्रेष्ठ , भक्त बहादुर शाह र दान बहादुर चौधरीलाई पदमुक्त गरिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार रहेका नीजि सचिवालयका आतिश मिश्रले आफ्नो फेसबुकमा लेख्दै नौ जनालाई पदमुक्त गरिएको जनाएका छन् । यद्यपी यसको अधिकारीक पुष्टि भने हुन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…