धनुषामा चटयाँग (ठन्का) लागेर मृत्यू भएकी परिवारलाई कमला नगरपालिकाको आर्थिक सहयोग
यसको साथै, जिल्ला विपद व्यवस्थापन समितिबाट नियमानुसार पाउनुपर्ने २ लाख रुपैयाँ राहतको लागि वडाध्यक्ष यादवले पहलकदमी गरेका छन् । मेयर यादवले सोको लागि जिल्ला विपद व्यवस्थापन समितिमा प्रक्रिया चाँडै पुरयाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।

२०७९ असार २९ बुधबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित चटयाँग लागेर मृत्यू भएकी किशोरीको परिवारलाई कमला नगरपालिकाले सहयोग गरेको छ ।
गत जेठ २९ गते आईतबारको दिन चटयाँग लागेर कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने भोगिन्द्र दास तत्माकी १३ बर्षिय छोरी रँजना कुमारी दासको चटयाँग लागेर मृत्यू भएपछि कमला नगरपालिकाका मेयर विशेश्वर यादवसहितको टोलीले घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।
कमला नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राम भगत यादव (भक्ति) को विशेष पहलमा नगरपालिकाको विपद व्यवस्थापन समितिको निर्णयले पीडित परिवारलाई २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
यसको साथै, जिल्ला विपद व्यवस्थापन समितिबाट नियमानुसार पाउनुपर्ने २ लाख रुपैयाँ राहतको लागि वडाध्यक्ष यादवले पहलकदमी गरेका छन् । मेयर यादवले सोको लागि जिल्ला विपद व्यवस्थापन समितिमा प्रक्रिया चाँडै पुरयाई राहत उपलब्ध गराउन माग गरेका हुन् ।
घटना भएलगत्तै घटनास्थल र पीडित परिवारलाई भेटन पुगेका वडाध्यक्ष राम भगत यादवले नगरपालिकाबाट राहत सहयोगको वाचा गरेका थिए । नियम अनुसार हुने राहतको लागि उनले वाचा गरेको २५ दिनभित्रै राहत उपलब्ध गराएका हुन् ।
यसका साथै, जिल्ला विपद व्यवस्थापन समितिको फोकल पर्सनसँग निरन्तर सम्पर्क गरी पीडित परिवारले पाउने आर्थिक राहत चाँडै उपलब्ध गराउन माग गर्दै आएका छन् ।
चेक हस्तान्तरणको लागि मेयर यादवसँगै वडा नं. ५ का प्रत्यासी वडाध्यक्ष चन्देश्वर यादव, वडा नम्बर २ का वडाध्यक्ष ठकु यादवसहित स्थानीयहरुको रोहबरमा सो चेक हस्तान्तरण गरिएको हो ।
गत जेठ २९ गते बिहान आएको हावाहुरी र बर्षासँगै खसेको चटयाँग लागेर उनको घरदेखि करिब १५० मिटरको दुरीमा रहेको खेतमा उनको घटनास्थलमै मृत्यू भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…