राजविराज नगरपालिकाका मेयर यादव निलम्बन !
मेयर यादवसँगै कार्यालय प्रमुख, ईन्जिनीयर समेत निलम्बनमा परेका छन् ।

२०७९ असार २९ बुधबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । मधेश प्रदेशको सप्तरी जिल्लाको सदरमुकाम राजविराजको मेयर निलम्बनमा परेका छन् ।
राजविराज नगरपालिकाका प्रमुख भिमराज यादव उपर विशेष अदालतमा मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका छन् ।
२ लाख ६३ हजार ४ सय ६८ रुपैयाँ बिगो दाबी गरि विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
तत्कालीन न्यून गहिल कन्स्ट्रक्सनको संचालक ठेकेदार समेत रहेका मेयर भिमराज यादवले आर्थिक वर्ष २०७४/०७५ मा राजविराज स्थित राजरङ्गशाला स्तरोन्नतिको कार्यमा मापदण्ड बिपरित काम गरि भुक्तानी लिएको आयोगले दाबी गरेको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा८ (४) बमोजिम कसुर गरेको पुष्टि सहित कैद सजाय र भुक्तानी जफतको माग गरेको छ। मुद्दा दायर भएपछि राजविराज नगरप्रमुख यादव स्वतः निलम्बनमा परेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो समयमा रँगशाला निर्माणको लागि अन्य व्यक्तिहरुले समेत नितिगत भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आरोप पत्रमा उल्लेख गरिएको छ ।
सो क्रममा सप्तरी जिल्लाका जिल्ला खेलकूद विकास समिति सप्तरीका तत्कालिन अध्यक्ष एजेट न्यासूर, उपाध्यक्ष धीरेन्द्र बर्मा, कार्यालय प्रमुख महेन्द्र प्रसाद यादव, तत्कालिन कार्यालय प्रमुख लक्ष्मण मण्डल, ईन्जिनीयर विकास श्रेष्ठ, उदय निर्माण सेवाका सँचालक उदय श्रेष्ठ लगायतमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
मेयर यादवसँगै कार्यालय प्रमुख, ईन्जिनीयर समेत निलम्बनमा परेका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मेयरमा निर्वाचित भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…