देवरानी माथि खुकुरीले हानेको देखि पछी छुट्याउन गएकी भाउजू, माथी पनि प्रहार
न्यूज ब्यूरो ,विराटनगर | मोरङको कानेपोखरी गाउँपालिका-६ का ३८ वर्षीय आकाश लिम्बूले आफ्नै श्रीमती र भाउजूमाथि आइतबार राति खुकुरी प्रहार गरेका छन्। आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन्। खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट ल

२०७९ असार २७ सोमबार, बिहान ११:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ,विराटनगर | मोरङको कानेपोखरी गाउँपालिका-६ का ३८ वर्षीय आकाश लिम्बूले आफ्नै श्रीमती र भाउजूमाथि आइतबार राति खुकुरी प्रहार गरेका छन्।
आकाशको खुकुरी प्रहारबाट उनकी श्रीमती ३२ वर्षीया रोजिना लिम्बू र भाउजू ३७ वर्षीया मनमाया लिम्बू घाइते भएका छन्।
खुट्टा, हात लगायत शरीरका विभिन्न भागमा चोट लागेका दुवै जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको मोरङका प्रहरी नायव उपरीक्षक राजन कार्कीले जानकारी दिए।
उनकाअनुसार घरयासी विवादका क्रममा आकाशले श्रीमती रोजिनामाथि राति साढे ९ बजेतिर खुकुरी प्रहार गरेको खुलेको छ।
रोजिनामाथि प्रहार हुन थालेपछि छुट्याउन आएकी भाउजू मनमायालाई पनि आकाशले खुकुरीले हानेको कार्कीले बताए।
घटनापछि आकाशलाई प्रहरीले पक्राउ गरेको छ। आकाशलाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर घटनाको अनुसन्धान थालिएको जानकारी उनले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…