जनकपुरः मिटरब्याजी यादव पक्राउ
यसको पुष्टि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले गरेका छन् ।

२०७९ असार २६ आइतबार, राति ८:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक मिटरब्याजीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गरिब जनताहरुसँग दिएको रकमभन्दा दोब्बर ब्याजको रकम असुल्ने एक मिटर ब्याजीलाई धनुषा प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं ५ बस्ने लट्टु यादवको छोरा वर्ष ४३ को सुरेश यादवले स्थानीय बासिन्दाहरु संग ठगी धन्धा गरेको स्थानीयहरु आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय धनुषामा पीडितहरुले ठगी मुद्दा दायर गरेको थियो ।
केही दिन अगाडी मात्र मिटर ब्याजी कहलाउने सुरेश यादवलाई उनीबाट पीडित भएका महिलाहरुले आजित भएर प्रहरी कार्यालयकै अगाडीमै धक्कामुक्की गर्दै हातपात समेत गरेको थियो ।
मिटर ब्याजको आडमा यादवले गाउँकी गरिब, निमुखा व्यक्तिहरुसँग ब्याज वापतको पैसा लिएपनि पुनः कागज नदिएर फेरी रकम असुलीसहित जग्गा जमिन समेत हडपने गरी अदालतमा मुद्दा गरेका यादव आफ्नै जालमा फँसेका छन् ।
पीडितहरुमाथि नै उल्टै मुद्दा दायर गरेका मिटरब्याजी यादव आफैँ ठगी मुद्दामा पक्राउ परेका छन् । यसको पुष्टि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप क्षेत्रीले गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…