मधेश प्रदेशः बाटो कब्जा गरेर सडकमै नमाज
प्रत्येक शुक्रबार मुस्लिम समुदायले नमाज पढन मस्जिद जाने गरेका छन् ।

२०७९ असार २४ शुक्रबार, बेलुकी ६:३१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मधेश प्रदेशस्थित मुस्लिम समुदायले प्रत्येक शुक्रबार पढने नमाजको क्रममा पुरै सडक नै जाम गरेपछि सर्वसाधारणलाई आवतजावतमा सास्ती भोग्नुपरेको छ ।
देशको आर्थिक नगरी भनेर चिनिने मधेश प्रदेशको वीरगँजस्थित शुक्रबार मुस्लिम समुदायका व्यक्तिहरुले पुरै सडक जाम गरेर नमाज पढन थालेपछि सर्वसाधारणलाई सास्ती भोग्नुपरेको छ ।
वीरगँजस्थित रहेको मुर्ली नयाँ टोलस्थित रहेको मस्जिदको अगाडी बीच सडकमै मुस्लिम समुदाय नमाजीहरुले नमाज पढन थालेपछि आम सर्वसाधारणलाई वैकल्पिक बाटो अपनाउनु परेको छ ।
मुख्य सडक नै कब्जा गरेर नमाज पढने प्रवृतिले त्यहाँबाट आवतजावत गर्ने सर्वसाधारणलाई सास्ती खेप्नुपरेको छ । मस्जिद हुँदाहुँदै पनि उनीहरुले नमाज सडकै आएर पढन थालेपछि आलोचना भएको छ ।
त्यहाँस्थित रहेको मस्जिदमा नमाज पढनको लागि प्रशस्त ठाउँ भएपनि उनीहरुले बलपूर्वक सडक कब्जा गरी नमाज पढन थालेका छन् ।
तस्विरहरु समाजिक सँजालमा एक युवकले राखेपछि यस्तो कार्यको आलोचना गरिएको छ । प्रत्येक शुक्रबार मुस्लिम समुदायले नमाज पढन मस्जिद जाने गरेका छन् ।
ज्ञातव्य छ, छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा मुस्लिमहरुले सडकमै नमाज पढने प्रवृतिलाई परास्त गरी अब मस्जिदभित्रै मात्र नमाज पढन पाउने प्रावधान लागू गरिसकेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले यसप्रति चासो लिई आम सर्वसाधारणलाई हुने सास्ती हटाउन पहल गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…