मधेश प्रदेशको यी विद्यालयमा एक महिनाको छुट्टी
प्रत्येक बर्ष समुदायिक विद्यालयहरुमा गर्मी विदा भनेर केही दिन दिँदै आएकोमा कल्याणपुर नगरपालिकाले सिँगो एक महिना नै विदो दिएपछि समाजिक सँजालमा पनि चौतर्फी आलोचना भएको छ ।

२०७९ असार २३ बिहीबार, राति १०:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक सरकारी विद्यालयमा एक महिनासम्म विदाको सूचना प्रकाशित गरिएको छ ।
मधेश प्रदेशस्थित सिरहा जिल्लाको कल्याणपुर नगरपालिकाले विहिबार एक सूचना जारी गर्दै आउँदो साउन १ गतेदेखि नगरपालिका भित्रको सबै समुदायिक विद्यालयमा विदा रहने उल्लेख छ ।
कल्याणपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख महेश्वर यादवद्धारा जारी गरिएको सूचनामा साउन १ गतेदेखि साउन ३१ गतेसम्म नगरभित्रका विद्यालयहरु बन्द रहने उल्लेख गरिएको छ ।
प्रत्येक बर्ष समुदायिक विद्यालयहरुमा गर्मी विदा भनेर दिँदै आएको छ । कल्याणपुर नगरपालिकाले सोही विदा दिएपछि समाजिक सँजालमा चौतर्फी आलोचना भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…