न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा फरक क्षमता (अपाँगता) भएकी एक बालिकालाई सोही विद्यालयमा पढाउने दुई शिक्षकले साहारा दिएका छन् ।
धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वास्थित रहेको सरस्वति माध्यमिका विद्यालयका शिक्षक जय कुमार मण्डल र रामचन्द्र मण्डलले सोही विद्यालयमा अध्ययनरत बालिका रिना कुमारी मण्डललाई साहारा स्वरुप बैशाखी प्रदान गरेका छन् ।
विद्यालय जान आउनको लागि रिनालाई अपाँगताकै कारण अधिक समस्या हुँदै आएको तथा अति विपन्न परिवारबाट रहेकी रिना पढनमा उत्सकुता देखाएपछि शिक्षकद्धयले उनलाई आफ्नो नीजि रकमले बैशाखी किनेर दिएका छन् ।
शहिदनगर नगरपालिका वडा नम्बर ५ बस्ने रिनालाई एउटा खुट्टाले हिडन नसक्ने अवस्था रहेको छ । तर, उनी पढनको लागि निकै उत्सुक छिन् । उनको लगनशिलता र उनको समस्या देखेरै शिक्षक मण्डलले उनलाई बैशाखी दिएका छन् ।
अपाँगता भएकी रिनालाई विपन्नताको कारण उनको आमाबुवाले उनलाई बैशाखी समेत किनेर दिन सक्ने स्थिति नदेखेपछि शिक्षक जयकुमार मण्डलले सहयोग स्वरुप सो बैशाखी प्रदान गरेका हुन् ।
सोही विद्यालयमा निम्न माध्यमिक विद्यालयमा पढाउने कम्प्यूटर शिक्षक रामचन्द्र मण्डलले समेत उनलाई सो बैशाखीको लागि सहयोग गरेका छन् । दुवै शिक्षकले सँयुक्त रुपमा उनलाई सहयोग गरेका हुन् ।
बैशाखी पाएपछि हर्षित हुँदै रिनाले कडा मिहिनेतको साथ पढने र समयमा विद्यालय आवत जावत गर्ने प्रतिवद्धता गरिन् । शिक्षकद्धयलाई विद्यालय परिवारले प्रशँसा गरेका छन् ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…