जनकपुरबाट बच्चा चोरी गर्ने महिला पक्राउ
बच्चा चोरी गरी लगेकी महिलाको सनाखत तत्कालै हुन नसकेपनी महिलाको सनाखतको लागि सिसिटिभी फुटेजको आधारमा, महिलाले लगाएकी कपडा तथा अन्य हुलियाको आधारमा यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यापक खोज तलाश गर्दै गएको थियो ।

२०७९ असार २१ मंगलबार, राति ९:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थितबाट बच्चा चोरी गर्ने एक महिलालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
गत असार ६ गते करिब ७ः०० बजेको समयमा भारतको सीतामढी बर्गनिया प्रखण्ड घर भई हाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ भ्रमरपुराचोकस्थित डेरा गरी बस्ने हरिओम चौधरीको छोरा बर्ष ३ को सोहन चौधरीलाई चोरी गरेपछि महिला पक्राउ परेकी हुन् ।
सोहन चौधरी खेल्नको लागि कोठाबाट बाहिर निस्केकोमा घर नफर्कि हराएपछि परिवारजनले प्रहरीलाई खवर गरेको थियो ।
तत्कालै जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले बच्चा हराएको ठाँउको वरिपरी रहेको विभिन्न पसल तथा घरहरूको सिसिटिभी फुटेज चेक गरेपछि एक महिला देखिएकी थिइन् ।
.jpg)
सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा सोही दिन बिहान ०६ः४० बजेको समयमा हरियो रंगको साडी लगाएकी एक अपरचित महिलाले बच्चालाई चोरी गरी लगेको देखिएको थियो ।
बच्चा चोरी गरी लगेकी महिलाको सनाखत तत्कालै हुन नसकेपनी महिलाको सनाखतको लागि सिसिटिभी फुटेजको आधारमा, महिलाले लगाएकी कपडा तथा अन्य हुलियाको आधारमा यस जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले व्यापक खोज तलाश गर्दै गएको थियो ।
खोज तलाश गर्ने क्रममा मँगलबार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले ईलाका प्रहरी कार्यालय सहोडवा, महोत्तरीको सहकार्यमा बच्चा चोरी गरि लगेकी महिला जिल्ला महोतरी पिपरा गाउँपालिका वडा नम्बर ४ वस्ने अन्दाजी वर्ष ५५ की मैथुन खातुनलाई उनकै घर ठेगानाबाट हराएको बच्चा सहित पक्राउ गरिएको हो ।
पक्राउ परेकी महिला उपर अपहरण तथा शरिर बन्धक शिर्षकमा मुद्दा दायर गरि थप अनुसन्धान अगाडी बढाईने प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…