धनुषामा डिजे बन्द गराउन गएका प्रहरी असई झण्डै कुटिए, टोले गुण्डाको डरले भागे प्रहरी
टोलमा गुण्डागर्दीसहित अन्य समाजिक अपराधिक गतिविधिमा सँलग्न रहँदै आएका टोले गुण्डाको फोन दबाबपछि धनुषा प्रहरीले पछि हटन बाध्य भएका थिए ।

२०७९ असार २० सोमबार, राति १०:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लास्थित डिजे बन्द गराउन गएका धनुषा प्रहरी झण्डै कुटिएका छन् ।
धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर २ माचि झिटकैयास्थित डिजे बन्द गराउन गएका प्रहरी चौकी माचीका असई दशरथ यादव झण्डै कुटिएका छन् ।
बिहेको मटकोरमा डिजे बन्द गराउन गएका असई यादवको टोलीलाई डिजेमा नाच्ने युवकहरुले घेरा हालेर झण्डै कुटेका छन् । प्रहरीलाई घेरा हालेर डिजे बजाएपछि प्रहरीले नीरिहिता झल्काएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरी मातहत पर्ने प्रहरी चौकी माचिका प्रहरीलाई घेरा हालेर कुटिने अवस्था सृजना भएपछि खजुरी प्रहरीले पठाएको थप टोलीलाई प्रहरी असई दशरथ यादवले फिर्ता पठाएका थिए ।
ईलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज एवम् प्रहरी नीरिक्षक निरञ्जन घिमिरेले प्रहरीलाई अटेरी गरेकोले डिजे नियन्त्रणमा लिने र प्रहरी असईले कमाण्ड अटेरी गरेको भन्दै एक्सन लिने बताए ।
धनुषा प्रहरीले स्वयँम गरेको निर्णय उलंघन र नियम कानुनलाई खिल्ली उडाउँदै गर्दा माचि प्रहरी चौकीका असई डरले भागेका थिए ।
टोलमा गुण्डागर्दीसहित अन्य समाजिक अपराधिक गतिविधिमा सँलग्न रहँदै आएका टोले गुण्डाको फोन दबाबपछि धनुषा प्रहरीले पछि हटन बाध्य भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…