क्यान्सर पीडित दासलाई विदेशबाट सहयोग
सोही क्रममा शुक्रबार विदेशबाट जे.एच. कन्सट्रक्सन कम्पनी कतारबाट बलराम यादवको अगुवाइमा दुई ग्रुप मिलाएर नेपाली ८१ हजार रुपैयाँ पठाएर सहयोग गरेको छ ।

२०७९ असार २० सोमबार, राति ९:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक क्यान्सर पीडित युवकलाई विदेशमा बस्ने युवकहरुले आर्थिक सहयोग पठाएको छ ।
धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपलिका वडा नम्बर २ सोहनी सिनुरजोडा घर भएको बिल्टु रबि दासको २२ वर्षिय छोरा राकेश रबि दासको बचाउ अभियानमा बिदेशबाट युवाहरू आर्थिक सहयोग पठाएको हो ।
क्यन्सरबाट पीडित दासलाई मोटो रकमको माग भएपछि उनलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग गर्न सुरु गरेका छ ।
सोही क्रममा शुक्रबार विदेशबाट जे.एच. कन्सट्रक्सन कम्पनी कतारबाट बलराम यादवको अगुवाइमा दुई ग्रुप मिलाएर नेपाली ८१ हजार रुपैयाँ पठाएर सहयोग गरेको छ ।
राकेश रबि दासको ठूलो आन्द्रामा क्यान्सर भएको हुनाले करिब दुई महिना देखि वी.पी. कोरियाला मेमोरियल क्यान्सर होस्पिटल भरतपुर चितवनमा उपचाररत रहेका छन् ।
स्थानीय कृष्णा प्रसाद यादवको नाम पठाइएका पैसा आइतबार हस्पिटल पुगेर पीडित दासलाई हातमै रकम सहयोग हस्तान्तरण गरेका छन् ।
सोही ग्रुपमा रहेको राजेश यादव ,कमलदेव यादव , दिपेश मुखिया,सोमन मण्डल,बलराम यादव उनिहरुले बताएका छन् । सक्दो सहयोगको अभियान जारी रहने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…