अस्पताल क्षेत्रमा सवारीसाधान अस्तव्यस्त, ट्राफिक प्रहरी मोबाईलमा मस्त
सोही जाममा परेका एक युवकले टरफिक प्रहरी झाको फोटो खिचेर समाजिक सँजालमा सार्वजनिक गरेका छन् । युवकले अस्पताल क्षेत्रमा भएको जाम र मोबाईल चलाउँदै व्यस्त देखिएका ट्राफिक प्रहरी झाको तस्विर सँगै राखेका छन् ।

२०७९ असार २० सोमबार, दिउँसो १:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित अति व्यस्त मानिने अस्पताल सडकमा जामको कारण विरामीहरुलाई अधिक कठिनाई भएको छ ।
प्रादेशिक अस्पताल क्षेत्रमा चल्ने सवारी साधनको भीड र जाम जतिबेला पनि हुने गरेको सो क्षेत्रमा ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन छाडेर औषधी पसलमा मोबाईल चलाउँदै व्यस्त देखिन्छन् ।
सार्वजनिक भएको तस्विरमा अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ट्राफिक जाम मिनटौँ भएपनि व्यवस्थापनको लागि डयुटीमा खटिएका ट्राफिक प्रहरी अमित कुमार झाले मोबाईल चलाउँदै व्यस्त देखिए ।
अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा ट्राफिक जाम अधिक हुने गरेको छ । सोमबार बिहान अस्पतालदेखि रामानन्दचोक जाने बाटोमा सवारीको अधिक जाम हुँदा पनि ट्राफिक प्रहरी अमित कुमार झाले एक औषधी पसलमा बसेर मोबाईल चलाउँदै व्यस्त देखिए ।
सोही जाममा परेका एक युवकले टरफिक प्रहरी झाको फोटो खिचेर समाजिक सँजालमा सार्वजनिक गरेका छन् । युवकले अस्पताल क्षेत्रमा भएको जाम र मोबाईल चलाउँदै व्यस्त देखिएका ट्राफिक प्रहरी झाको तस्विर सँगै राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…