देशको सीमा बचाउन सशस्त्रको भूमिका अतुलनीय : डिआईजी ठाडा मगर
कार्यक्रममा धनुषा सहायक प्रमुख जिल्ला अधिकारी अनुज कुमार भण्डारी, मजकुर नंम्बर ८ का गणपति एसपी प्रकाश कुमार सुवेदी, नेपाल प्रहरी धनुषाका एसपी बसन्त रजौरे, महोत्तरीका एसपी लेखनाथ खनाल, जिल्ला गण हेडक्वाटर मातहतका सशस्त्र प्रहरीका पदाधिकारी, कर्मचारीसहित अनुसन्धानका निर्देशक दिलिप कुमार सिँह लगायत पत्रकार, अधिकारकर्मी, युवा, स्थानीय, सरोकारबालाहरुको सहभागीता रहेको थियो ।

२०७९ असार १४ मंगलबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सशस्त्र प्रहरी बलका डिआईजी गणेश ठाडा मगरले सीमा बचाउन सशस्त्र प्रहरीको भूमिका अतुलनीय रहेको बताएका छन् ।
मँगलबार पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ स्थित रहेको बिओपी ईनरबाको नव निर्मित भवनको उदघाट्न गर्दै डिआईजी मगरले जस्तोसुकै परिस्थितिमा पनि यहाँ यस्तो दुर्गम क्षेत्रमा सीमा रक्षाको लागि बिओपी ईन्चार्ज शम्भु कटुवालले देखाएको तादरुकताको प्रसँशा गरे ।
उनले छिमेकी मुलुक भारतसँग रहेको खुल्ला सीमाको अपराधिक क्रियाकलाप नियन्त्रण, तस्करी नियन्त्रण लगायत अन्य अपराधिक गतिविधिहरुलाई लगाम लगाउन बिओपी ईन्चार्ज कटुवालले खेलेको भूमिकाप्रति सम्मान सहित प्रोत्साहन समेत प्रकट गरे ।
कमला नदीको बाढीको जोखिम क्षेत्रमा दिनरात एक गरी सीमामा ड्युटी गर्दै आएको बिओपी ईनरबाले सीमामा हुने तस्करी, अपराधिक क्रियाकलाप, चोरी निकासी, भन्सार छलीको कार्यहरु नियन्त्रणको लागि सशस्त्र प्रहरीको भूमिका उनले दर्साए ।
उदघाटन कार्यक्रममा डिआईजी ठाडा मगर र जनकनन्दिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष दिपिन देव यादवले सँयुक्त रुपमा शिलालेख अनावरण गरी उदघाटन गरेका हुन् ।
यसअघि नेपाल रेल्वे स्टेशनस्थित अस्थायी रुपमा बस्दै आएको सशस्त्र प्रहरी ईनरबाले अब आफनै नव निर्मित भवनमा शिफ्ट भएको हो ।
कार्यक्रममा धनुषा सहायक प्रमुख जिल्ला अधिकारी अनुज कुमार भण्डारी, मजकुर नंम्बर ८ का गणपति एसपी प्रकाश कुमार सुवेदी, नेपाल प्रहरी धनुषाका एसपी बसन्त रजौरे, महोत्तरीका एसपी लेखनाथ खनाल, जिल्ला गण हेडक्वाटर मातहतका सशस्त्र प्रहरीका पदाधिकारी, कर्मचारीसहित अनुसन्धानका निर्देशक दिलिप कुमार सिँह, नेपाल विद्यार्थी सँघ सिटिईभिटीका मधेश प्रदेश सँयोजक ईन्द्रजीत गोईतलगायत पत्रकार, अधिकारकर्मी, युवा, स्थानीय, सरोकारबालाहरुको सहभागीता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…