सिरहा : बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा २ जना पक्राउ
न्यूज ब्यूरो, सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् । सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सी

२०७९ असार १३ सोमबार, राति १०:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। मधेश प्रदेशको सिरहा जिल्लामा बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला साह छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यी दुबैले ११ असारको दिउँसो १२:३० बजेतिर कामैतलाई मलमूत्र खुवाएका थिए । मधेश प्रदेशमा बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको घटना दिनहुँ भईरहेको हुन्छ । यसका निम्ति नेपाल सरकारद्वारा जनचेतना मुलक कार्यक्रम चलाउनु पर्ने बुद्धिजीवीहरुको भनाई रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…