सरकारी गाडीमा ईन्जिनीयरको खँसी व्यापार
जानकारी अनुसार, पजियार मधेश प्रदेशको रौतहटतर्फ ईन्जिनीयर पदमा कार्यरत रहेका छन् ।

२०७९ असार १३ सोमबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एक करारका ईन्जिनीयरले सरकारी गाडीमा खँसी ओसारपोसार गरेको देखिएको छ ।
खँसी बोकेर गौशाला बजार लग्दै गर्दा बीच बाटोमा सरकारी गाडीको दुरुपयोग गरेको भन्दै रोकाएर केही स्थानीयहरुले तस्विर खिचेका छन् ।
गौशाला बजारमा खसी बेच्न जाने क्रममा बा. २ ब. ४४२६ नम्बरको सरकारी मोटरसाइकलमा बीचमा खँसी र एक व्यक्ति खँसीलाई समातेर बसेको तस्विरमा देखिएको छ ।

सरकारले कर्मचारीलाई सरकारी गाडी कार्यालय आवतजावतमा सहजताका लागि प्रदान गरेको तथा सरकारी सवारीको दुरुपयोग गर्न नहुने प्रावधान रहेपनि ईन्जिनीयर पजियारले दुरुपयोग गरेको देखिएको छ ।
यसरी कर्मचारीले गाडीको दुरूपयोगले सरकारको नीतिनियम माथि प्रश्न सिर्जना भएको छ । सम्बन्धित निकायले यसप्रति चासो नदिएको पाइएको छ ।
जानकारी अनुसार, पजियार मधेश प्रदेशको रौतहटतर्फ ईन्जिनीयर पदमा कार्यरत रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…